मुख्य समाचारशिक्षा स्वास्थसमाचार

अनार खानुको फाइदाहरु के-के छन् ?

Gobal IME Bank

एजेन्सी । अनार स्वास्थ्यको दृष्टीले निकै लाभदायक फल मानिन्छ। अनारमा कम फ्याट र क्यालोरी हुन्छ भने यसमा प्रसस्त मात्रामा भिटामिन र मिनरल्स हुन्छ ।

यसमा उच्च मात्रामा फाइबर पनि पाइन्छ जुन हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ।

 

यस्ता छन् अनारका फाइदा

गर्भवती महिलालाई फाइदा
अनारमा हुने भिटामिन, खनिजले समय नपुगी बच्चा जन्मने जोखिमबाट बचाउने तथा शिशुको तौल बढाउन पनि मद्धत गर्छ। अनारमा हुने पोटासियमले गर्भवती महिलालाई मर्निङ सिकनेसबाट बचाउँछ।

पखला निको पार्छ
ताजा अनारको सेवनले पखला लागेका र रगतमासी भएका बिरामीलाई तुरुन्तै राहत मिल्छ।

धमनीको रक्षा
अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ।

किड्नी जोगाउँछ
अनारले किड्नीको फिल्टरलाई रक्षा गर्छ। किड्नीको फिल्टरले शरिरबाट हानिकार विकार फाल्ने काम गर्छ।

कोलेस्टोल घटाउँछ
अनार एन्टिअक्सिडेन्टयुक्त फल हो यसले शरिरको खराब कोलेस्टेरोललाई घटाउन सहयोग गर्छ।

क्यान्सर विरोधी
अनारमा हुने तत्वहरु क्यान्सर प्रतिरोधी मानिन्छ।

उच्च रक्तचाप नियन्त्रण गर्छ
अनारले रक्त नलीमा हुने सम्भावित हानीबाट जोगाउँछ र रगतलाई पातलो बनाई शरिरमा रगतको प्रवाह छरितो बनाउछ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ
यसमा हुने एन्टिव्याक्टेरियल र एन्टि माइक्रोबायल गुणले भाइरसबिरुद्ध लड्न सक्ने र रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न मद्दत गर्छ । यसमा हुने भिटामिन सीले भाइरसका कारण शरिरमा हुने संक्रमणबिरुद्ध जुध्न सहयोग गर्छ।

रक्त अल्पताबाट जोगाउछ
अनारको जुसमा प्रशस्त मात्रामा आइरन हुन्छ। महिनावारी वा गर्भवती भएको अवस्थामा रगतको कमी भई रहेको हुन्छ यस्तो समयमा यसको जुस निकै लाभदायक मानिन्छ ।

शरीरलाई शान्त बनाउँछ
अनारमा शारीरिक उत्तेजनलाई शान्त पार्ने तत्व हुन्छ यसको यही गुणका कारण अनारले दम, पायल्स, पखला र अन्य रोगहरुको जोखिम कम गर्छ।

कलेजोलाई फाइदा
अनारको जुसले कलेजोको रक्षा मात्रा गर्दैन मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ। कलेजोलाई प्रभावकारी ढंगले कार्य गर्न सहयोग गर्छ।

पेटलाई शान्त पार्छ
अनारको जुसले भोक बढाउँछ, तिर्खा नियन्त्रण गर्छ, पाचन प्रणालीलाई सुधार गर्छ र कब्जियतको समस्या हटाउँछ।

छालालाई पनि फाइदा
चाउरी, आँखा मुनि आउने कालो धब्बा, पिम्पल लगायतका समस्या कम गर्नका लागि पनि अनारले मद्दत गर्छ ।

कपालको रक्षा
नियमित रुपमा अनार खादा कपाललाई बलियो बनाउछ र झर्नबाट बचाउछ।

यौन स्वास्थ्य मजबुत पार्छ
अनारको जुसले यौन स्वास्थ्यलाई सक्रिय बनाउन मद्धत गर्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button