अनेरास्ववियु महाधिवेशन: निःशुल्क शिक्षाको एजेन्डा बोकेका ‘भण्डारी’ उपाध्यक्ष पदको बलियो उम्मेदवार

काठमाडौं । आगामी फागुन २, ३ र ४ गते एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन काठमाडौंको प्रज्ञा भवनामा हुन गइरहेको छ । २३ औं महाधिवेशनमा हुन गइरहेको बेला नेकपा एमालेका विद्यार्थी नेताहरू महाधिवेशनको तयारीमा जुटिरहेका छन् । २३ औं महाधिवेशनले अनेरास्ववियुको नयाँ नेतृत्व चुन्ने तर्खर छ । विद्यार्थी नेताहरू आफ्नो उम्मेदवारी र प्रचार प्रसारमा व्यस्त भएको देखिन्छ ।
वि.स. २०६० सालमा अखिलको राजनीतिमा होम्मिएका पंकज भण्डारीले आफूलाई २३ औं महाधिवेशनमा उपाध्यक्ष पदको बलियो उम्मेदवारको रुपमा रहेको प्रष्ट पारेका छन् । उनले महेन्द्र रत्न क्यापस ताचलहबाट अध्ययन गरेका हुन् । उनले महेन्द्र क्याम्पसबाट सेक्सन, विषयगत देखी क्याम्पस कमिटी नेतृत्व गर्दै २१ औं राष्ट्रिय सम्मेलनमा उपत्यका भूगोलबाट राष्ट्रिय परिषद निर्वाचित भएका थिए । २२ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी उपत्यकाबाटै निर्वाचित पनि भएका थिए ।
अखिलको अधिवेशन नभएको ७ वर्ष भएको छ । अखिलको अधिवेशन नभएपनि अखिलले यो बिचमा दुई वटा अध्यक्ष पायो । उनी अहिले बागमती प्रदेश उपत्यकाका विशेष संयोजकका रुपमा छन् । बागमती प्रदेशमा अधिवेशन हुन गइरहेकाले आफु प्रदेशको अध्यक्ष भएकाले आफूले महाधिवेशनको विषयलाई लिएर विशेष जिम्मेवारी बहन गर्नु पर्ने उनको भनाइ रहेको छ ।
उनले अखिलमा अहिले धेरै आकांक्षी भए पनि आफुले उम्मेदवारी दिनका पछाडि धेरै कारणहरू भएको बताए । उनले अखिल पार्टीका लागि नेताहरू हुर्काउने ठाउँ भएको बताउदै भने ,’अखिलमा रहेर काम गर्ने विभिन्न व्यक्तिहरू भोलीका नेताहरू हुन् । अखिलको एउटा कार्यकालमा पदाधिकारी भएको नेतृत्व दोस्रोपटक त्यसमै अड्की रहने यो प्रजातन्त्री अभ्यास होइन् । जहिले पनि सरकारले चालेका गलत कदम, कमजोरीका विरुद्धमा र परिवर्तनका लागि लाग्ने अखिल एक माध्यम हो । त्यसैले पहिलो कार्यकाल केन्द्रीय कमिटी, दोस्रो कार्यकाल संगठन संरचनात्मक स्थायी कमिटी वा सचिवालय र तेस्रो कार्यकाल पदाधिकारी भएर त्यसपछि अध्यक्ष भए हुन्छ नभए पार्टीका लाग्ने हो । त्यसैले अहिले स्थायी कमिटी सदस्य भइसकेको र यसपटक उपाध्यक्ष र अर्को पटक अध्यक्षको तयारी गर्ने ,भएन भने पार्टीका जाने हो ।’
उनले आफ्नो प्रमुख एजेन्डा शिक्षा रहेको बताउँदै भने, ‘अहिले सम्मको नेतृत्वले शैक्षिक मुद्दाको सन्दर्भमा हामीले विद्यार्थीको शैक्षिक शुल्क, पेट्रोलको मूल्य बुद्धि र महंगीसहित अन्य विषयमा आन्दोलन गर्यौ । यो सामान्य नियमित प्रक्रिया हो । विशेष गरी नेपालको पूर्व देखी पश्चिमसम्म वर्गीय विभेद धेरै छ । यो वर्गीय विभेदमा जन्मिएका हुर्किएका, आर्थिक स्थिति कम्जोर भएका, पढाइमा योग्यता क्षमता र क्रियाशीलताका आधारमा आफूलाई अब्बल नागरिक बन्नका निम्त इच्छा राख्ने विद्यार्थीले आफ्नो हाई शिक्षाका लागि ५.६ लाख शैक्षिक शुल्क तिर्नुपर्ने अवस्था छ । विद्याथीले पढ्न चाहे पनि पढ्न पाउने अवस्था छैन् । शिक्षामा रहेको शैक्षिक माफियाको जालो हटाउने मेरो मुखय काम र उदेश्य हो ।’
शिक्षा क्षेत्रमा रहेको माफियाको जालो हटाउन राज्य कम्तीमा एउटा स्थानिय निकायमा सिएल फेजआउटा हुँदा २०६७ सालमा विद्यार्थी सँग सहमती भएको तर पछिल्लो समयमा देशका विभिन्न ठाउँमा विग विगी रहेको र उनीहरको विरुद्धमा आन्दोलन हुने र यसले सरकारी विद्यायलका विद्यार्थीहरुलाई भर्ना हुन, कमजोर विद्यार्थीहरुले राहात पाउने उनको भनाई रहेको छ । उनले विस्तारै शिक्षामा समानता हुने त्यस्को लागि आफू त्यसको नेतृत्व गर्न त्यार रहेको बताए ।