मनोरञ्जनसमाचार

भारतीय गायक अरिजित सिंह लाइभ कन्सर्टका लागि नेपाल आउँदै

Arijit Singh

Gobal IME Bank

काठमाडौँ। चर्चित भारतीय गायक अरिजित सिंह सांगीतिक प्रस्तुतिका लागि नेपाल आउने भएका छन् । आयोजक ग्यारेज इन्टरटेनमेन्ट र एमएन प्रोडक्सनले मंगलबार पत्रकार सम्मेलन गर्दै आगामी मंसिर ९ गते काठमाडौँको चावहिलस्थित हायात ग्राउन्डमा अरिजितले सांगीतिक प्रस्तुति दिने जानकारी दिएको छ।

ग्यारेज इन्टरटेनमेन्टका रसिक भट्टराईले सन् २०१९ देखि अरिजितलाई नेपाल ल्याउने प्रयास बल्ल सफल हुन लागेको । बताएका छन् कार्यक्रमले नेपालको मनोरञ्जन क्षेत्रका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुर्‍याउने विश्वास लिएको आयोजकले बताएका छन् ।

विश्वभरी नै धेरै फ्यान भएका पार्श्व गायकमा पर्ने अरिजितका नेपालमा समेत थुप्रै फ्यान छन् । उनका ‘तुम हि हो’, ‘केसरिया तेरा’, ‘खैरियत’, ‘अपना बना ले’ लगायत थुप्रै गीत चर्चित छन् ।

‘अरिजीत सिंह लाइभ इन नेपाल’ नाम दिइएको नेपाल कन्सर्टको अर्ली बर्ड टिकट ४ हजार र साधारण टिकट ५ हजार रुपैयाँ तोकिएको छ । साउन ३० गतेबाट खल्ती डिजिटल वालेटमार्फत टिकट खरिद गर्न सकिने जनाइएको छ । कन्सर्टमा १० हजार दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button