मुख्य समाचारशिक्षा स्वास्थसमाचार

अटिजम भएका व्यक्तिहरूलाई सीमित घेरामा राखी व्याख्या गर्नु उचित होइन- एन्एपी

Gobal IME Bank

काठमाडौं । आज विश्वभरी नै अटिजम जागरुकता दिवश मनाइँदैछ । हरेक वर्ष अप्रिल २ मा अटिजम स्पेक्ट्रम डिसअर्डर को बारेमा जागरूकता र समझदारी बढाउन र अटिजम भएका व्यक्तिहरूको समावेशीकरण र स्वीकृतिलाई बढावा दिन यो दिवश मनाइँन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाबाट स्विकृत भएपछि पहिलो पटक सन् २००८ मा अटिजम जागरूकता दिवस मनाइएको थियो ।

अटिजम के हो ? 

अटिजम एक न्यूरोडेवलपमेन्टल समस्या हो । जसले मानिसको सामाजिक अन्तरक्रिया, सञ्चार र व्यवहारलाई असर गर्छ । सामान्यतया प्रारम्भिक बाल्यकालमा अटिजम पत्ता लाग्छ यद्यपि यो कहिलेकाहीँ वयस्क भएपछि पनि पत्ता लागेको पाइन्छ ।
अटिजमका केही लक्षणहरु :

  • सामाजिक अन्तरक्रिया र कुराकानी गर्न या कुनै पनि प्रकारको सञ्चार समन्वय गर्न कठिनाइ
  • व्यवहार वा दिनचर्या दोहोरिने
  • कुनै पनि प्रकारको परिवर्तन स्विकार्न गाह्रो हुने

अटिजम भएका सबैमा यी सबै लक्षणहरू एकमुस्टरुपमा हुन्छन् भन्ने हुँदैन र यी लक्षणहरू केवल अटिजमको पहिचानमा सहायक तत्वहरु भएतापनि यी लक्षणहरूकै आधारमा अटिजम भएका व्यक्तिहरूलाई सीमित घेरामा राखी व्याख्या गर्नु उचित नहुने नेपाल एकाडेमी अफ साइकोलोजीले बताएको छ ।

अटिजमको विषयमा मुख्य बुझ्नु पर्ने कुरा भनेको सही अवसर र मार्गदर्शन पाएमा अधिकांश अटिजम सहितका व्यक्तिहरू सफल जीवनयापन गर्न सक्षम हुन्छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button