Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

किन बच्चाको दाँत छिटो किराउँछ?

Children tooth!

दाँत उपचारको क्षेत्रमा धेरै प्रगति भए पनि बच्चा देखि नै दाँतमा किरा लाग्ने समस्या अहिले पनि विद्यमान रुपमा छ ।

अभिभावकले सामान्य कुरामा ध्यान नदिदा बालबालिकाहरुको दाँत अस्वस्थ बन्न जान्छ । दाँतमा कसरी किरा लाग्छ र यसलाई जोगाउन के गर्नु पर्छ ?

 

दाँत तीन तहले बनेको हुन्छ:

  1. पहिलो तह
    दाँतको बाहिरी भाग जुन हेर्दा सेतो देखिन्छ । मेडिकल भाषामा यसलाई इनामेल भनिन्छ ।
  2. दोस्रो तह
    इनामेल भन्दा भित्रको तहलाई ‘डेन्टिन’ भनिन्छ । इनामेलको तुलनामा यो अलि कमजोर हुन्छ ।
  3. तेस्रो तह
    सबैभन्दा भित्री भागलाई ‘ पल्प’ भनिन्छ । यो तहमा रक्तसञ्चार समेत भइरहेको हुन्छ । र, यो दाँतको सबैभन्दा कमजोर भाग हो । हाम्रो मुख भित्र ७०० देखी ९०० सय प्रकारका ब्याक्टेरिया हुन्छन् । त्यसमध्येको एक हो ‘स्टेप्टोकोकस ब्याक्टेरिया’ । हामीले खाएका खानेकुराहरु जब दाँत र गिजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरुबीचको कापमा दन्तलेउको रुपमा अड्केर बस्छ स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ । उक्त एसिडले बाहिरी तह अर्थात ‘इनामेल’ खिइन थाल्छ । सोही खिइएको ठाँउबाट व्याक्टेरिया दाँतको भित्री भागमा छिर्छ र जति भित्र जान्छ त्यति दाँतमा संक्रमण बढ्दै जान्छ । 

    एसिडले दाँतको बाहिरी भाग अर्थात इनामेल फोडेपछि त्यसभित्रका भागहरु फोडन कठिन हुदैन । इनामेल फोडेसंगै ब्याक्टेरियाले भित्र थप खोल्स्याउदै जान्छ । जब दाँत खोल्सिदै जान्छ, खानेकुराहरु त्यही गएर अडकन्छ, र जब अडकन्छ थप एसिड उत्पादन हुन थाल्छ । झनझन दाँत खोक्रिदै जान्छ । प्राय सबैलाई बालबालिकाले गुलियो खानेकुरा खाँदा दाँत किराउछ भन्ने भ्रम छ । गुलियो मात्रै होइन जुनसुकै खाद्यपदार्थले पनि दाँत बिगार्छ । यदि त्यो दाँतमा रहिरहयो भने । चकलेट र मिठाई खाँदा ेती पदार्थहरु दाँतमा चिप्कन्छ र त्यहिबाट एसिड उत्पादन सुरु हुन थाल्छ र दाँत किराउन थाल्छ ।

    चिनीपानी, मह जस्ता गुलियो चिज खाँदा त्यसको असर दाँतमा कम हुन्छ । खानेकुरा जब दाँत वा मुखमा रहनासाथ एसिड उत्पादन भई त्यसले दाँत बिगार्ने गर्छ ।

    दाँत जोगाउन के गर्ने ?

    विहान बेलुका खाना खाईसकेपछि फोलोराइडयुक्त मन्जनले दाँत माज्ने । दाँत माज्दा चपाउने भागमा पनि माज्ने । बच्चालाई सुतेर खानेकुरा वा दुध खान नदिने । त्यसरी दिदा खानेकुरा मुखभर रहन्छ र दाँतमा एसिड उत्पादन तिब्र गतिमा हुन्छ । कोल्डड्रिङ्स खाँदा सकेसम्म पाइपको प्रयोग गर्ने बोतलबाट वा गिलासबाट खाँदा दाँतको बाहिरी भाग अर्थात इनामेल खियाउने काम गर्नसक्छ तर पाइपबाट खाँदा दाँतलाई त्यति असर गर्दैन ।बिस्कुट चक्लेट तथा अन्य खानेकुरा खाईसकेपछि मुख कुल्ला गर्ने बानि बसाल्ने। हल्का कालो वा पहेलो दाँत देखिनासाथ उपचारका लागि सम्पर्क गर्ने । सुरुमै जाँच गर्दा दाँतको उपचार गर्न सहज हुन्छ । -Rabina Mangranti

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button