समाचार

बागलुङमा मोबाइल फुड बैंक स्थापना – GoodNews24

Gobal IME Bank

कोरोना भाइरसका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका मजदूरलाई सहयोग गर्नका लागि मोबाइल फुड बैंक स्थापना गरिएको छ। लियो क्लब अफ बागलुङ कालिकाले बागलुङ बजारमा ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियान शुरु गरेको हो। ज्याला मजदूरी गुमाएर दैनिक छाक टार्न समस्यामा परेका नागरिकलाई लक्षित गरी आइतबारदेखि उक्त अभियान शुरु गरिएको हो। अभियानको पहिलो दिन बागलुङ बजारको जीप पार्कमा मोबाइल फुड बैंक राखिएको थियो। स्वतःस्फूर्त सहयोग सङ्कलन र वितरणको काम भएको क्लबका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले जानकारी दिनु भएको छ। सङ्कटको समयमा कुनै पनि नागरिक भोकै बस्न बाध्य नहुन भन्ने अभिप्रायले यस्तो अभियान शुरु गरिएको उहाँको भनाइ छ । अभियानको पहिलो दिन दैनिक जीविका चलाउन कठिन भएका ४३ जनाले मोबाइल फुड बैंक मार्फत राहत सामग्री लगेका संयोजक घिमिरेले जानकारी दिनु भएको छ। क्लबले सञ्चालन गरेको अभियानबाट खाद्यान्न हुनेले दिएर जाने र नहुनेले लिएर जान सक्नेछन्। राहत सामग्रीमा प्रतिव्यक्ति तीन केजी चामल, एक पोका तेल, आधा केजी दाल उपलब्ध हुनेछ । यस्तो अभियान आवश्यकता अनुसार बागलुङ बजारका विभिन्न स्थानमा सञ्चालन हुनसक्ने क्लबले जनाएको छ। अभियानका क्रममा सोमबार लोकतान्त्रिक चोकमा मोबाइल फुड बैंक राखिएको र प्राप्त सहयोग अनुसार यसलाई निरन्तरता दिइने लियो क्लबका अध्यक्ष सन्देश बोगटीले बताउनु भएको छ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”3174″]

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button