गुड न्यूज 24मुख्य समाचारशिक्षा स्वास्थसमाचार
मेयर बालेनको पहलमा जेष्ठ नागरिकलाई छत्रपाटीमा निःशुल्क उपचारको व्यवस्था, के-के छन् सेवाहरु ?


काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वडा भित्रका बृद्ध भत्ता प्राप्त जेष्ठ नागरिकहरुलाइ छत्रपाटी नि:शुल्क चिकित्सालयमा नि:शुल्क उपचारको व्यवस्था हुने भएको छ ।
महानगरपालिकाका मेयर बालेनले सम्पूण स्वास्थ्य सेवाहरु अब नि:शुल्क हुने भएको बारे जानकारी दिनुभएको हो ।
त्यस्तै उक्त स्वास्थ्य उपचारका लागि सम्बन्धित वडा कार्यालबाट प्राप्त बृद्ध भत्ता परिचय पत्ररकर्मचारी परिचय पत्ररवडा कार्यालयको सिफारिश पत्र अनिवार्य रहेको पनि जानकारी दिनुभएको छ ।
निःशुल्क चिकित्सालयमा पाइने सेवाहरु:
- २४ सै घण्टा आकस्मिक सेवा
- ल्याप्रोस्कोपीक शल्यक्रिया
- सर्जरी
- फिजिसियन र इन्टरनल मेडिसिन
- नाक, कान, घाँटी रोग
- स्त्री रोग
- पेट रोग (ग्यास्ट्रोइन्टेरोलजी)
- चर्म तथा यौन रोग
- ल रोग
- अल्ट्रासाउण्ड
- टि.एम.टीरहल्टर
- अडियोग्राम
- टिम्पानो मिटर
- इको
- मनोचिकित्सा
- २४ सै घण्टा प्याथोलोजी,
- डिजिटल एक्सरे,
- पिसाब नलीको पत्थर चिरफार नगरीकन
- शल्यक्रिया
- आँखा रोग तथा मोतिया बिन्दु शल्यक्रिया
- हाड, जोर्नी र नशा रोग
- जनरल हेल्थ चेकअप
- ईण्डोस्कोपी र कोलोन्स्कोपी
- दन्त रोग
- मुटु रोग
- ड्रेसिङ्ग
- ई. सी. जी.
- स्त्री रोग शल्यक्रिया
- हार्डजोर्नी शल्यक्रिया