मुख्य समाचारसमाचार

सुरक्षा खतरा बढेको भन्दै मेयर बालेनले मागे प्रशासनसँग नेपाल प्रहरीका सुरक्षाकर्मी

Gobal IME Bank

काठमाडौं । आफूमाथि सुरक्षा खतरा बढेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ)को माग गर्नुभएको छ ।

मेयर शाहले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै सुरक्षाकर्मी माग गर्नुभएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार मेयर शाहले बुझाएको निवेदनलाई अब गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाईनेछ र निवेदन उपर जाँचबुझ गरी आवश्यक ठहर भएमा शान्ति सुरक्षा महाशाखाले सुरक्षाकर्मी पठाउने छ।

त्यसो त महानगरका मेयरको सुरक्षामा सरकाले नगर प्रहरीलाई खटाएको हुन्छ तर प्रशासनले मेयरमाथी सुरक्षा चुनौती रहेको ठानेमा नेपाल प्रहरीका सुरक्षाकर्मी खटाउन सक्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button