समाचार

बर्दियामा वन्यजन्तुमैत्री ‘ओभरहेड ब्रिज’ बन्ने-GOODNEWS24

Gobal IME Bank

बर्दिया-  बर्दिया जिल्ला, मधुवन नगरपालिकास्थित खाता करिडोर संरक्षण क्षेत्रमा पर्ने हुलाकी सडकखण्डमा वन्यजन्तुको सहज आवागमनका लागि ओभरहेड नमूना ब्रिज बन्ने भएको छ । हुलाकी राजमार्गमा वन्यजन्तुको आवागमनका लागि ओभरहेड ब्रिज बन्न लागेको यो नेपालको पहिलो योजना हो । खाता जैविक मार्ग खाता संरक्षण क्षेत्रमा पहिलो चरणमा बन्ने ओभरहेड ब्रिज ४५ मिटर चौडाइको हुने छ । ओभरहेड ब्रिज निर्माणका लागि झण्डै रु नौ करोड लागत लाग्ने बताइएको छ । योजनाको वातावरण प्रभाव मूल्याङ्कन भएलगत्तै चालु आवदेखि निर्माण शुरु हुने डिभिजन वन कार्यालयका प्रमुख महेन्द्रराज वाग्लेले बताउनुभयो । प्रदेश नम्बर ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र डिभिजन वन कार्यालय बर्दियाको आर्थिक सहयोगमा ‘एनिमल क्रसिङ ओभरहेड ब्रिज’ योजनाको विस्तृत परियोजना प्रतिवेदन गौमुखी इञ्जिनीयरिङ सर्भिस प्रालि ललितपुरबाट तयार भइसकेको डिभिजन वन कार्यालयले जनाएको छ। वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि प्रदेश नम्बर ५ को यो एकदमै नवीनतम योजना रहेको बताइएको छ । खाता संरक्षण क्षेत्र मधुवन नगरपालिकामा पर्छ । हुलाकी सडकको झण्डै दुई किलोमिटर क्षेत्र खाता करिडोरमा पर्छ । सोमध्ये झण्डै साढे पाँच सय मिटर सडक क्षेत्रमा वन्यजन्तुको आवतजावत बढी हुन्छ । खाता करिडोर क्षेत्र वन्यजन्तुका लागि निकै महत्वपूर्ण मानिन्छ । खाता करिडोरले बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनियाघाट वन्यजन्तु संरक्षण क्षेत्रलाई जोड्ने गर्छ । खाता करिडोर भएर हात्ती, गैँडा, बाघलगायत संरक्षित वन्यजन्तु नियमित रुपमा नेपाल–भारत आवतजावत गर्छन् । वन्यजन्तुको आवागमनलाई ध्यानमा राखी खाता करिडोर क्षेत्रमा वन्यजन्तुका लागि ओभरहेड ब्रिज बनाउन लागिएको डिभिजन वन कार्यालयले जनाएको छ । खाता करिडोर क्षेत्र संरक्षणका दृष्टिकोणले दक्षिण एशियाकै महत्वपूर्ण जैविक मार्ग मानिन्छ । खाता जैविक मार्गको महत्व र संरक्षणलाई ध्यानमा राखेर नेपाल सरकारले सन् २०१२ मा सो क्षेत्रसँग जोडिएका वन क्षेत्रलाई खाता संरक्षित वन घोषणा गरेको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3554″] [irp posts=”6152″] [irp posts=”2573″] [irp posts=”2770″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button