Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

 फेसबुकमा प्रोफाइल लक गर्नुका फाइदाहरु

Profile Lock!

काठमाडौं । फेसबुकलको प्रोफाइल लक फिचर नेपालमा पनि  उपलब्ध छ । यो सुविधाले हाम्रो फेसबुक प्रोफाइललाई धेरै सुरक्षित बनाउन मद्दत गर्छ । यो फिचरको  प्रयोग गरेको अवस्थामा हामीले फेसबुकमा राखेका पोस्ट, स्टोरी, फोटो, रिल्स, भिडिओ वा अन्य कुनै अपडेट हाम्रो फेसबुकमा साथी भएका व्यक्तिले मात्र देख्न सक्छन्। त्यस्तै फेसबुक प्रोफाइल वा कभर फोटो जुम गरेर हेर्न पाउने सुविधा पनि एड भएका अकाउन्टलाई मात्र हुन्छ ।

‘प्रोफाइल लक’ फिचरले हामीले आफ्नो प्रोफाइलमा अपलोड गरेका सबै पोस्ट अरु प्रोफाइलले नदेख्ने गरी हाइड गरिदिएको हुन्छ । त्यस्तै प्रोफाइल लक गरेको अकाउन्टको प्रोफाइलको स्क्रिनशट पनि कसैले लिन सक्दैन । त्यसैले यो फिचर प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्न महत्त्वपूर्ण हुने कम्पनीको विश्वास छ ।

यो सुविधाले  फेसबुक प्रोफाइल लक मात्रै नगरी व्यक्तिगत जानकारीबारे अनावश्यक व्यक्तिले पहुँच पाउन सक्दैन । प्रोफाइल लक हुँदा हाम्रो फेसबुकमा जोडिएका साथीहरूले मात्र हाम्रो पूरा प्रोफाइल र पोस्टहरू हेर्न सक्छन् ।

अपरिचित र साथीको रूपमा स्वीकार ९एसेप्ट० नगरेका व्यक्तिले प्रोफाइल फोटो, कभर फोटो मात्र देख्नेछन् । यो सुविधाले नचिनेका व्यक्तिहरूलाई व्यक्तिगत विवरणहरू हेर्नबाट रोकेर हाम्रो गोपनीयता सुरक्षित राख्न मद्दत गर्दछ ।

फेसबुक प्रोफाइल लक गरेर आफ्नो पहिचान चोरीको जोखिम कम गर्न सकिन्छ । फेसबुकमा जोडिएका  साथीहरूले मात्र तपाईंको प्रोफाइल हेर्न र तपाईंका पोष्टहरू पहुँच गर्नसक्ने कारण गलत नियत भएका व्यक्तिहरूलाई बारेमा व्यक्तिगत जानकारी सङ्कलन गर्न कठिन हुन्छ ।

पहिचान चोरीमा संलग्न हुने व्यक्तिहरूले प्राय सामाजिक सञ्जालका विभिन्न अकाउन्टहरूलाई निशाना बनाई व्यक्तिगत जानकारी सङ्कलन गर्छन् र हाम्रो नामको फेक अकाउन्ट बनाएर उक्त अकाउन्टबाट अनैतिक गतिविधिहरु गर्ने गर्छन्। फेसबुक प्रोफाइल लक गर्दा त्यस्ता व्यक्तिले  जन्ममिति, सम्पर्क जानकारी, हामी बस्ने ठाउँ, पोस्ट भएका सामग्री र अन्य विवरणमा पहुँच पाउन सक्दैनन् ।

नियमित रूपमा आफ्नो प्राइभेसी सेटिङहरू रिभ्यु र अपडेट गर्नुका साथै बलियो पासवर्ड प्रयोग गर्न ध्यान दिनुपर्छ । त्यस्तै शङ्कास्पद मेसेज वा फ्रेन्ड रिक्वेस्टहरूबाट सावधान रहँदा पहिचान चोरी हुनबाट जोगिन सकिन्छ ।

प्रोफाइल लक गर्दा अनावश्यक व्यक्तिहरूले तपाईंलाई फ्रेन्ड रिक्वेस्ट पठाउन सक्दैनन् । प्रोफाइल लब गर्दा अज्ञात वा संदिग्ध अकाउन्टहरूबाट अनावश्यक रिक्वेस्टहरूको संख्या कम गर्न मद्दत गर्छ ।

त्यस्ता फ्रेन्ड रिक्वेस्टहरू फिल्टर गरेर  फेसबुकमा थप व्यवस्थित र सुरक्षित साथीहरूको सूची कायम राख्न सकिन्छ ।

यो सुविधा प्रयोग गरेपछि तपाईंको प्रोफाइलमा सीमित ट्यागिङ र पोस्टिङ अप्सनहरू हुनेछन् । यसको मतलब फेसबुकमा साथी नभएका व्यक्तिहरूले अनुमति बिना तस्विर वा पोस्टहरूमा  ट्याग गर्न सक्दैनन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button