Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

वर्षा मौसममा के खाने ?

Rain Season

काठमाडौँ। मनसुनले हामीलाई गर्मीकाट छुटकारा दिएको। वर्षाको समयमा हामी सबै ताजा र आनन्दित महसुस गर्छौं। तर वर्षाले समृद्धिका साथै थुप्रै रोगहरू निम्त्याउछ। वर्षाको मौसममा विभिन्न रोगहरू उत्पन्न हुन्छन्। खानाको संक्रमणदेखि लामखुट्टेले सार्ने रोगसम्म वर्षाका कारण हुन सक्छ । यस्तो मौसममा स्वस्थ रहनका लागि हाम्रो रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुनुपर्छ। सन्तुलित भोजनले यसमा महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले वर्षाको समयमा के खाने र कुन कुराबाट अलग रहने भन्नेबारे जानकारी लिऔँ।

मसला र तेलयुक्त खाना

हामी सबैलाई वर्षाको समयमा कौडा र समोसा तातो खान खान रमाइलो लाग्छ। तर यस्तो मौसममा बढी मसलायुक्त वा तेलयुक्त खाना खाँदा पेटफुल्ने समस्या हुन सक्छ। पानी परेको बेला पेटको रोग सजिलै लाग्न हुन्छ। त्सैले मसालेदार खाना नखाऔँ।

ताजा खाना मात्र खानुहोस्

सलाद खानु स्वास्थ्यका लागि फाइदाजनक भए पनि मनसुनमा काँचो तरकारी खानु स्वास्थ्यका लागि हानीकारक हुन्छ। केही तरकारीमा फोहोरका कारण धेरै मात्रामा किटाणु पाइन्छ। यसले गर्दा ग्याष्ट्रिकको समस्या हुन सक्छ। वर्षाको मौसममा पकाएको ताजा खाना मात्र खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

ओइलिएको तरकारी नखाने

हरियो पातयुक्त तरकारीमा पौष्टिक तत्व प्रसस्त मात्रामा पाइन्छ। त्यसैले यस्ता तरकारीलाई हरेक दिन खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ। तर, वर्षायाममा यसलाई आहारमा समावेश नगर्नु नै राम्रो हुन्छ। यस मौसममा पालुवा, काग र फूलफुल्ने जस्ता सागसब्जी खानु हुँदैन।

सफा पानी पिउनुहोस्

धेरै मानिसहरु भान्छाको धाराबाट सीधै पानी पिउँछन्। तर वर्षायाममा पानीमा सजिलै कीटाणुबाट संक्रमित हुन्छ। धाराको पानि दूषित हुन्छ र यो पानी पिउँदा पेटको संक्रमण, पखाला वा टाइफाइडको खतरा हुन्छ। त्यसैले वर्षामा सोझै धाराको पानी पिउनु हुदैन ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button