

केही महिलामा गर्भवती अवस्था सकिएपछि पनि यस्तो पोतो आइरहेको हुन्छ । कसै-कसैमा भने यो पोतो पछि आफै जान्छ तर प्राय जसो मानिसमा पोतो पुर्ण रुपमा कहिल्यै जाँदैन । चाया पोतो आउनुको कारण हर्मन परिवर्तन, तनाव, कम निन्द्रा बजारका धेरै प्रकारका क्रिम र अन्य ब्यूटि प्रडक्टको प्रयोग आदि हुन् ।
चाया पोतोको रोकथामका उपाय
1. बजारमा पाइने क्रिमको प्रयोग नगर्ने ।
2. निन्द्रा पुग्ने गरि सुत्ने ।
3. प्रशस्त मात्रामा पानी पिउने ।
4. छालालाई सुख्खा नराख्ने ।
5. स्वस्थ्यकर खाना खाने ।
1. बजारमा पाइने क्रिमको प्रयोग नगर्ने ।
2. निन्द्रा पुग्ने गरि सुत्ने ।
3. प्रशस्त मात्रामा पानी पिउने ।
4. छालालाई सुख्खा नराख्ने ।
5. स्वस्थ्यकर खाना खाने ।
छालालाई सुख्खा पनि राख्न मिल्दैन र बजारमा पाइने जस्तो पायो त्यस्तो क्रिम पनि लगाउन हुँदैन् । यस्तो क्रिमहरुले छालालाई सिधा असर गर्दछ । तर, डाक्टरको सल्लाहअनुसारको क्रिम प्रयोग गर्नु छालाको लागि उपयुक्त र फाइदाजनक हुन्छ । त्यसैगरी, गर्भवती अवस्थामा छालालाई सुख्खा राख्नु हुँदैन यो अवस्थामा सुख्खा छालालाई घामले दोब्बर असर गर्छ । सुख्खा छालामा घामको असरले चाया पोतो आउने सम्भावना पहिला भन्दा धेरै हुन्छ त्यसैले छालालाई सुख्खा हुन नदिनका लागि मोस्टराइजरहरु प्रयोग गर्नु राम्रो हुन्छ ।
-Rabina Mangranti
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्