अन्यसमाचार

मन्त्री हुनु त यस्तो पो ! -GoodNews24

Gobal IME Bank

सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो । भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा सडकको छेउमा राखेको स्थानीय केरामा उहाँको आँखा पुग्यो । चालकलाई गाडी रोक्न भन्नुभयो । गाडी गतिमा भएकाले रोक्न खोजेको ठाउँभन्दा १०० मिटर टाढा गएर रोकियो ।
गाडी रोकिएपछि दुई अपरिचित आठ-नौ वर्षका बालिका आएर हामीलाई सुर्खेत लगिदिनोस्, हामी तपाईंलाई पैसा दिन्छौँ भन्दै चालकलाई गुहारे । चालकसँग ती बालिकाको आग्रह सुनेपछि मन्त्री केसीको ध्यान गयो । उहाँले दुवैलाई आफुकहाँ बोलाएर सोध्नुभयो, “नानी कहाँ हो घर ? तिमी दुवै यतिबेला कहाँ जाने हो ? तिमीसँग कोही छैन त ? किन तिमी दुवै यतिखेर एक्लै हिँडेको ?”
ती मध्ये एक बालिकाले आत्तिदै भनिन्, “हाम्रो घर भ¥याङ खोरियो हो । त्यहाँबाट तीन घण्टा हिँडेर आएको । हामी सुर्खेत बसपार्क मामाकहाँ जाने हो । अन्य प्रश्नको भने उनले उत्तर दिन चाहिनन् ।”
पुनः मन्त्री केसीले सोध्नुभयो, “तिम्रो मामाको नाम के हो ? बालिकाले भनिन् थाहा छैन । तिम्रो घरमा बुबाआमा हुनुहुन्न ? सानै छौँ, तिमीहरु भागेर आएजस्तो लाग्छ”, उहाँले प्रतिप्रश्न गर्नुभयो । आत्तिदै बालिकाले रुँदै घरमा कान्छी आमा भएको र उनले गाली गर्ने गरेको सुनाइन् । हातमा प्लाष्टिकको झोलामा केही लत्ताकपडा बोकेकी ती बालिकाले तारन्तार पैसा दिन्छु मामा घर पुर्याइदिन भन्दै आग्रह गरिरहिन ।
तर बाँकी प्रश्नको उत्तर नदिएपछि मन्त्रीले ‘ठिकै छ तिमीहरुलाई प्रहरी कहाँ बुझाउँछौँ’ भन्नुभयो । यो सुन्नेबित्तिकै दुवै भाग्न कोसिस गरे । पछि उहाँले सम्झाइबुझाई गरेर उनीहरुलाई गाडीमा राख्नुभयो ।

दुई सय मिटरअघि पुगेपछि सबैजना गाडीबाट ओर्लनुभयो । संयोगवशः त्यहाँनेर दुवै बालिका अध्ययनरत मनिरामकाँडा आधारभूत विद्यालय भेरीगङ्गा नगरपालिका–१ सुर्खेतका शिक्षिका ललिता बुढाक्षेत्री भेटिनुभयो । मन्त्रीज्यू !नमस्कार भन्दै यिनी दुई बालिका भागेर गएको सुन्दा तिनलाई कसरी भेटाउने होला भनेर गाडी कुरेर बसेको बताउनुभयो ।

मन्त्री केसीले शिक्षिका बुढाक्षेत्रीलाई दुवै बालिकाको नाम, वतन, ठेगाना सोध्नुभयो । उहाँको प्रश्नको जवाफमा शिक्षिका बुढाक्षेत्रीले दुवै बालिका भेरीगङ्गा नगरपालिका–१ भ¥याङ खोरिया सुर्खेतका नौ वर्षीया दुर्गा सिंह र १० वर्षीया सुकमाया गुरुङ रहेको जानकारी दिनुभयो । उहाँका अनुसार दुर्गा मनिराकाँडा आधारभूत विद्यालय कक्षा ४ र सुकमाया कक्षा ३ मा अध्ययनरत छन् । उहाँले दुवै बालिका रु ३५० बोकेको र आजको परीक्षा नदिई भागेर पाँच घण्टाको समयमा राजमार्गको सत्तरी भन्ने ठाउँमा पुगेको र परिवारले उनीहरुलार्ई खोजी गरिरेहको जनाउनुभयो ।

शिक्षिका बुढाक्षेत्री विद्यालयबाट बिदा लिएर सुर्खेत पुग्न करिब तीन घण्टाको पैदलयात्र गरेर राजमार्गमा बेलुका ५ः४० बजे पुग्नुभएको थियो । मन्त्री केसीले बालिकाप्रति निकै दया राखी उनीहरुको उद्धार गरेको भन्दै शिक्षिकाले उहाँप्रति कृतज्ञता प्रकट गर्नुभयो । साँझ परिसकेको र बालिकालाई घर पुर्याउन नसकिने भन्दै मन्त्री केसीले बालिकालाई वीरेन्द्रनगरसम्म उद्धार गरेर शिक्षिका बुढाक्षेत्रीको जिम्मा लगाउनुभएको छ ।
उहाँले शिक्षिका बुढाक्षेत्रीलाई घरपरिवारलाई राम्रोसँग सम्झाएर बालिकालाई बुझाउन र उनीहरुलाई कुनै पनि मानसिक, शारीरिक र मनोवैज्ञानिक पीडा एवं तनाव नदिन सुझाउनुभएको छ । यद्यपि उनीहरुको सही व्यवस्थापन गर्न नसिकए तुरुन्त जानकारी गराउनसमेत आग्रह गर्नुभएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button