Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

अमेरिकी सहर सिओक्स फल्सले जुलाई २३ मा ‘मेलिना राई डे’ मनाउने

Melina Rai Day

काठमाडौं। अमेरिकी राज्य साउथ डेकोटाको एक सहर सिओक्स फल्सले जुलाई २३ लाई ‘मेलिना राई डे’को रुपमा मनाउने घोषणा गरेको छ । मेलिनाको अमेरिका टुरको सिलसिलामा सोमबार उक्त सहरमा आयोजित समारोहमा मेयर पल टेनहकेनले उक्त घोषणा गरेका हुन् ।

प्रमुख अतिथिको रुपमा उपस्थित मेयर टेनहकेनले गायिका राईलाई उक्त घोषणा उल्लेखित सम्मानपत्र पनि पढेर सुनाउँदै हस्तान्तरण गरे । उक्त समारोहमा नेपाली समुदायको बाक्लो उपस्थिति थियो भने मेलिनाले आफ्ना चर्चित गीतहरु गाएर मनोरञ्जन प्रदान गरिन् ।

मेलिनाको अमेरिका टुरको पहिलो कन्सर्ट कार्यक्रम साउथ डेकोटास्थित उक्त सहरमा आयोजना गरिएको थियो । ‘फस्ट यूएस टुर २०२३’ नामक उक्त कार्यक्रम मेलिनाले अन्य अमेरिकी सहरमा पनि गर्दैछिन् । अन्य अमेरिकी राज्यमा १४ वटा प्रस्तुति दिने उनको तयारी रहेको छ । जुलाई २८ मा न्यु ह्यामसायर र जुलाई २९ मा न्युयोर्कमा उनको कार्यक्रम हुनेछ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button