समाचार

श्रीमद्भगवत गिता : जिवन उपयोगी वचन

Bhagwat Gita!

Gobal IME Bank

हिन्दुहरुको पवित्र ग्रन्थ हो श्रीमद्भगवत गिता। हिन्दु धर्मावलम्बीहरुका अनुसार भगवत गितालाई हिन्दु धर्मको सार मानिन्छ। यस ग्रन्थमा पाइने विचार सबै मानिस र कालखण्डमा लागु हुन सक्छन् । मानव जातीको जन्म र मृत्यु चक्रको बारेमा गितामा बिस्तारमा बताइएको छ ।

गितामा मनुष्यका लागि संसारिक माया र मोह त्यागी मोक्ष प्राप्तिको सुत्रको बारेमा बताईएको छ। भहाभारतको समयमा कृष्ण भगवानले अर्जुनलाई युद्धको समयमा दिएको ज्ञानबाट गिताको रचना भएको हो । भगवान कृष्णले दिएको ज्ञानलाई अपनाएर कुनै पनि व्यक्ति सुख र शान्तीका साथ जिवन बिताउन सक्षम हुन्छन् ।

पढ्नुहोस् गिताका अनमोल वचनहरु बारे:

१. मनुष्य आफ्नो विश्वासले निर्मित हुन्छ । उसले जस्तो विश्वास गर्छ उस्तै बन्छ ।
२. जुन चिज हाम्रो वशमा हुदैन त्यसको चिन्ता गर्नुको कुनै फाइदा हुदैन ।
३. जुन मान्छेको मनमा  शंका हुन्छ उसले संसारको जुनसुकै कुनामा गए पछि शान्ति प्राप्त गर्न सक्दैन ।
४. कर्म नै धर्म हो । हामीले कर्म गर्नु पर्छ फल आफै प्राप्त हुन्छ । यस संसारमा जति पनि मानिस सफल  भएका छन् उनीहरु कर्मकै         बलमा सफल भएका छन् ।
५. क्रोधले बुद्धि नष्ट हुन्छ । जब बुद्धि नष्ट हुन्छ तब गलत निर्णय लिइन्छ ।
६. जसले मनलाई नियन्त्रण गर्न सक्दैन उसले स्वयम्का लागि सत्रु समान काम गर्छ ।
७. मनमा दयाको भावना राख्दा मनुष्यको दर्जा बढ्छ । -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button