शिक्षा स्वास्थसमाचार

रक्तदान: एक जनाको रक्तदानले तीन जनाको ज्यान बच्न सक्छ

Blood Donation

Gobal IME Bank

कुनै पनि मानिसले आफ्नो इच्छाले रगत दान गर्नुलाई रक्तदान भनिन्छ। जबसम्म शरीरमा रगत रहन्छ तबसम्म मान्छे रहन्छ। पछिल्लो समय रगतको अभाव बढ्दै गएको छ। दैनिक रूपमा अस्पतालमा रगत खोज्ने बिरामीका आफन्तको संख्या बढिरहेको छ। जसले गर्दा आम मानिसमा रगतको माग र आपूर्तिको सन्तुलन मिल्न सकेको छैन। अहिलेसम्म जम्मा तीन लाख मानिसले मात्रै रक्तदान गरेका छन्। जुन असाध्यै कम हो। रक्तदान गर्न अझै पनि धेरै मानिस डराउने गर्दछन्। किन गर्ने रक्तदान रु के छन् रक्तदानका फाइदा

रक्तदान किन गर्नुपर्छ ?

कसैको एक युनिट रगतले कम्तीमा पनि तीन जना व्यक्तिको ज्यान बच्न सक्छ। यसैले हरेक स्वस्थ व्यक्तिले रक्तदान गर्नु लाभदायक हुन्छ। रगतलाई अरु तरिकाबाट बनाउन सकिँदैन। यसको अर्को विकल्प छैन। शल्यक्रियाको क्रममा वा दुर्घटनापछि जब कुनै व्यक्तिको उपचार गर्नुपर्छ, उनीहरूलाई रगतको आवश्यकता पर्छ । उक्त आवश्यकता दान गरेको रगतले परिपूर्ति गर्छ। रक्तदानले शरीरमा कुनै असर गर्दैन। एक जनाको रक्तदानले तीन जनासम्मको ज्यान बचाउन सकिन्छ। त्यसैले यसलाई जीवनदान भनिएको हो।

मानिसहरु किन रक्तदान गर्न डराइरहेका छन् रु
रक्तदान गर्न पहिलादेखि सुरु गरेका व्यक्तिले नियमित रूपमा नै रक्तदान गरि रहेका हुन्छन् । १०० पटक भन्दा बढी रक्तदान गर्ने मान्छे अझै पनि हाम्रो समाजमा देख्न सकिन्छ। नेपालमा कुल जनसंख्याको शून्य दशमलव ८ प्रतिशतले मात्र रक्तदान गर्ने गरेका छन् । त्यसमा पनि धेरैले नियमित रक्तदान गर्दैनन्। डब्ल्युएचओको भनाइ अनुसार एउटा देशमा रगतको अभाव हुन नदिन उक्त देशका कम्तीमा पनि दुई प्रतिशतले रक्तदान गर्नुपर्दछ। तर, हाम्रो देशमा त्यो छैन। यसलाई बढाउनका लागि रक्तदान किन कहाँ गर्ने र यसका फाइदाका बारेमा बताउनु आवश्यक छ।

रक्तदानका फाइदा

रक्तदान गर्नु फाइदाजनक हुन्छ। यसले खास गरी मुटुलाई स्वस्थ बनाइराख्न मद्दत गर्छ। मुटुको ढुकढुकी कायम राख्न पनि रक्तदान आवश्यक हुन्छ। हाम्रो शरीरको हाड भित्र रहेको मासुले सेतो र रातो रक्त कोष नियमित रूपले उत्पादन गर्छ। हरेक समय पुरानो रगत मरिरहेको हुन्छ। त्यो रगत खेर जान्छ। त्यसैले यो शरीरमा भएर पनि काम नलाग्ने हुन्छ। त्यसैले रक्तदान गरेमा त्यसले कुनै पनि बेफाइदा गर्दैन। रक्तदाताले रक्तदान गरेको रगत तीन महिना भित्र पूर्ण रूपले शरीरमा प्राकृतिक रूपले परिपूर्ति गर्न सक्छन्।

रातो रक्त कोषहरू पूर्ति हुन एक देखि दुई महिना लाग्छ। अरु तत्त्वहरुको पुर्ति एकदुई हप्तामा नै हुन्छ। त्यसैले मेरो रगत धेरै गयो भने म कमजोर हुन्छु भनेर सोच्नु पर्दैन। रक्तदानले मानिसलाई हृदयाघात, स्ट्रोक जस्तो समस्याबाट सुरक्षित राख्छ। रक्तदान गरेपछि रगत पातलो हुन्छ, जुन मुटुको लागि राम्रो मानिन्छ। रक्तदानले शरीरमा आइरनको मात्रा सन्तुलित हुन्छ। जसले क्यान्सर र लिभरको समस्याबाट बच्नमा सहयोग गर्छ। रक्तदान गर्नाले शरीरमा नयाँ रक्तकोषिका बन्छन्। जसका कारण नयाँ ऊर्जा मिल्छ। रक्तदान गरेपछि हेपाटाइटिस बी, सी, एचआइभी र केही रोगको परीक्षण गरिन्छ।

रक्तदानले हृदयाघातदेखि लिएर कोलेस्ट्रोलका समस्या कम भएको विभिन्न अध्ययनले नै देखाएको छ। आफ्नो शरीरको स्फूर्तिको लागि पनि रक्तदान गर्नु आवश्यक छ। भाइरल हेपाटाइटिस बी, एचआइभी छ भने त्यसको टेस्ट गरिन्छ । यदि त्यस्तो कुनै रोग रहेछ भने रक्तदातालाई खबर गरिन्छ ।

आफूलाई स्वस्थ राख्न र अरूको ज्यान बचाउनलाई रक्तदान गर्ने हो। यो एउटा पुण्य काम हो। अथवा मानव भएर जन्म लिइसकेपछि ‘दानमा दान महादान भनेकै रक्तदान’ हो पनि भनिन्छ। त्यसैले भौतिक रूपले आध्यात्मिक रूपले समुदायमा एउटा जिम्मेवार नागरिकले रक्तदान गर्दा फाइदै फाइदा मिल्छ।

रक्तदान गर्नु भन्दा अगाडि ध्यान दिनुपर्ने कुराहरु 

जसले रक्तदान गर्ने हो उसले सबै भन्दा पहिला सात्त्विक भोजन गर्नुपर्छ। तनाव नलिई र रिल्याक्स भएर बस्नुपर्छ। रक्तदान गर्नुभन्दा २४ घण्टा अगाडि तथा रक्तदान गरेको २४ घण्टासम्म धूम्रपान तथा मद्यपान गर्नु हुँदैन। लामो समय नउभिने, आराम गर्ने, चिनी मिसाएको झोलिलो पदार्थको सेवन अत्यधिक मात्रामा गर्ने, प्रशस्त मात्रामा जीवनजलको सेवन गर्ने, दही तथा बेसार मिसाएको खानेकुराको सेवन गर्न सकिन्छ।

रक्तदान गरे लगत्तै शरीरमा हेमोग्लोबिनको मात्रा कम हुने गर्छ। शरीरमा हेमोग्लोबिनको मात्रा कम भएपछि शरीरमा अक्सिजनको मात्रा स्वतः कम हुने गर्छ। त्यसैले रब्तदान गरे पछि मानिसलाई रिंगटा लागेजस्तो, झम्म भएजस्तो हुने गर्छ। जुन क्षणिक हो। त्यसैले रक्तदान गरे लगत्तै व्यक्तिलाई जुरुक्क उठाउनु हुँदैन। प्रशस्त मात्रामा फलफूलको जुस, जीवनजल लगायतका झोलिलो पदार्थ सेवन गर्न तथा रक्तदान गरेको कम्तीमा १५ देखि २० मिनेटसम्म आराम गर्ने सल्लाह दिने गरिन्छ।

रक्तदान गरेको रगत ३५ दिनसम्म प्रिजब गरेर सबै परीक्षण गरेर तयार गरेर राख्ने गरिन्छ। कुनै रगतको कम्पोनेन्टको आधारमा आयु हुन्छ।

रक्तदाताले निःशुल्क दान गरेको रगत किन बेचिएको हो ?

रक्तदाताको रगत ल्याबमा ल्याएपछि त्यसको अनेकौँ रोगको परीक्षण गर्नुपर्छ। जसमा हेपाटाइटिस बी एचआइभी कुन समूहको रगत हो लगायत सबै परीक्षण गर्नुपर्ने हुन्छ। त्यसलाई तापक्रम मेन्टेन्न गरेर भण्डार गर्नुपर्ने हुन्छ। रक्त सञ्चालनमा खर्च लाग्छ। त्यो खर्च कहीँ न कहिबाट बेहोर्नु पर्छ। त्यसमा पनि काम गर्ने जनशक्ति हुनुहुन्छ। त्यहाँ पेमेन्ट गर्नु पर्छ त्यसैले रगत बेचेको रकम त्यसमा खर्च हुन्छ ।

कस्तो व्यक्तिले रक्तदान गर्नु हुदैन ?

१८ वर्षभन्दा कम उमेर तथा ६० वर्षभन्दा बढी उमेर भएमा, महिलाले महिनावारी भएमा, गर्भवती भएमा, ब्लर्ड प्रेसर कम भएमा, बारम्बार रिङ्गटा लाग्ने, चक्कर हुने वा बेहोस हुने समस्या भएमा पनि रगत दान गर्नु हुँदैन। ज्वरो आएको तथा एन्टिबायोटिक लिइरहेको अवस्थामा पनि रक्तदान गर्नु हुँदैन। रोग प्रतिरक्षात्मक शक्ति कमजोर हुने रोगमा प्रयोग गरिने टेरिफ्लुनोमाइड औषधि लिइरहेकाले औषधि छोडेको दुई वर्षसम्म रक्तदान गर्न मिल्दैन। हेपाटाइटिस ‘बी’ का रोगीको सम्पर्कमा आएका, हेपाटाइटिस ‘बी’ इम्युन ग्लोबुलिन लगाएकाले एक वर्ष नपुगेसम्म रक्तदान गर्नु हुँदैन।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button