Thursday , 24 June 2021

कोरोनाको जोखिमै रक्तदान- GoodNews

काठमाण्डौ, भदौ-२०: बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेका बेला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । लायन्स क्लब अफ काठमाडौँ समर्पणको आयोजना तथा सलफाट सामुदायिक विकास केन्द्रको सहयोगमा आज बाफलमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा ३० भन्दा बढी व्यक्तिले रक्तदान गरेको क्लवका अध्यक्ष दिपक वंशलले जानकारी दिनुभयो ।

पछिल्लो समय काठमाडौँ उपत्यकालगायत देशभर रगत अभाव भइरहेका बेला नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न आम नागरिकलाई आह्वानसमेत गरेको छ । क्लवका सदस्य विवेक शर्माले रगतको अभावबाट कोही व्यक्तिले पनि मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । एक महिना पहिले उक्त क्लवले सानेपामा ‘अक्सिजन बैँक’ स्थापना गरेको थियो । २०० सिलिण्डरसहित ‘अक्सिजन बैँक’ स्थापना गरेको क्लवले अक्सिजनको कमीले श्वासप्रश्वासमा समस्या परेका गरिब व्यक्तिलाई निःशुल्क अक्सिजन सिलिण्डर सहयोग गरेको थियो ।
–––

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle