अन्यमनोरञ्जनशिक्षा स्वास्थसमाचार

कसरी राख्ने प्रेम प्रस्ताव ? प्रेम प्रस्ताव गर्ने केहि तरिकाहरू…

Gobal IME Bank

कसैलाई प्रेम प्रस्ताव गर्नु सुन्दा सामान्य लागे पनि यो आफैमा एक हिम्मतिलो कार्य हो । धेरै शालीन व्यक्तिहरु आफुले सपनामा देख्ने गरेकी ,आफुले मन पराएकी युवतीलाई पहिलो चोटि प्रेम प्रस्ताव गर्न डराउँछन् र यस्तो अवस्थामा डर र अप्ठेरो भएको महशुस हुनु सामान्य पनि हो ।यदि तपाइको प्रस्ताव गर्ने तरिका मिलेन भने या युवतीलाई तपाइको प्रस्ताव मन परेन भने गालि सहित थप्पड खान पनि सक्नुहुन्छ । त्यसैले प्रस्ताव गर्दा केहि कुरामा ध्यान दिनुका साथै प्रेम प्रस्ताव गर्ने तरिका सहि हुनु पर्दछ ता कि तपाइको प्रेम प्रस्ताव गर्ने तरिकाले केटीमा गहिरो प्रभाव पार्न सकोस । प्रेम प्रस्ताव राख्नु अघि तपाइँ पहिले उनका आनी बानि र मन पर्ने नपर्ने कुराहरुसंग परिचित हुनु जरुरी छ । त्यसैले प्रेम सम्बन्ध अघि बढाउनु अघि उसको या उनको असल साथी बन्नाले निकै सहज हुन्छ ।

यहाँ हामीले प्रेम प्रस्ताव गर्ने केहि तरिकाहरु उल्लेख गरेका छौ ।

१। आफु जस्तो हुनुहुन्छ त्यस्तै हुनुहोस :
यो दिमागमा राख्नुपर्ने सब भन्दा महत्त्वपूर्ण कुराहरू मध्ये एक हो। केटीले तपाइँ जे हुनुहुन्छ त्यहि नै स्वीकार गर्नु पर्छ । तपाइँ एकछिनको लागि स्मार्ट या राम्रो बन्ने कोशिस त गर्नुहोला तर यसले भबिस्यमा सम्बन्ध नराम्रो बनाउन सक्छ । तपाइँ जे होइन जे बन्न सक्नुहुन्न त्यो बन्ने कोशिस नगर्नुहोस ।  तपाइँ जे हो त्यसैमा केटीले स्वीकार गर्न सक्छिन भने लामो समयसम्म सम्बन्ध प्रगाढ रहन्छ । तपाइँले प्रेम प्रस्ताव गर्दा सरल,शालीन र नम्र भएर गर्नु पर्छ।

२ । दुवै घुंडा खुम्च्याएर बस्नुहोस :
यो केटीलाई प्रेम प्रस्ताव राख्ने सब भन्दा पुरानो तरीका मध्ये एक हो । यो तरिकाले धेरै केटीहरुको मन जितेको छ। हामी यस्तो सिनहरु प्राय फिल्ममा देखिरहेका पनि हुन्छौ। महिला आफ्नो पुरुषले आफु प्रति त्यसरी प्रेमिल भाव व्यक्त गरेको मन पराउँछिन । हातमा रातो गुलाब अनि दुवै घुंडा खुम्च्याएर आफ्नो प्रेमिकाको अगाडी प्रेमिल भावमा झुक्दै गरेको पुरुषले महिलाको दिमागमा प्रेम भाव पैदा गर्नुका साथै सकारात्मक प्रभाव जमाउन समेत सफल हुन्छ।

३ । कुनै राम्रो ठाउँ या रेस्टुरेण्टमा डिनरको लागि बाहिर लैजानुहोस् र उनलाइ तपाइको लागि उनि विशेष भएको महसुस गराउनुहोस् । त्यहाँ उसका मनपर्ने खानाहरु अर्डर दिनुहोस् र त्यसपछि उनलाई नम्र भएर सरल शैलीमा प्रेम प्रस्ताव राख्नुहोस् ।

४। उनलाई त्यहि स्थानमा लैजान कोशिस गर्नुहोस् ,जहाँ तपाईंहरु साथीको रुपमा पहिलो पटक भेट्नु भएको थियो । उनी पक्कै पनि तपाइँको यो कार्य द्वारा प्रेरित हुनेछिन । किनकि पुराना कुरा याद गर्ने सर्प्राइज दिने जस्ता कुराहरु महिलाहरुलाई एकदम मन पर्छ । यसो गर्दा तपाईंले निश्चित रूपमा सकारात्मक प्रतिक्रिया प्राप्त गर्नुहुनेछ।

५ । यदि तपाइँको आर्थिक हैसियतले भ्याउँछ भने , तपाइँ उनको लागि आकाशमा केहि मिठो संदेश लेखेर उनलाई देखाउन सक्नुहुन्छ ता कि उनले तपाई उनको लागि हरेक कुरा गर्न सक्नुहुन्छ भन्ने कुराको महशुस गर्न सक्छिन । तर यसरी प्रस्ताव तव मात्र राख्नुस जब तपाईं उनले पनि तपाइलाइ मन पराउँछिन भन्ने बारे पक्का हुनुहुन्छ।

[irp posts=”2573″]

६ । घाम अस्ताउन लागेको बेला समुद्री तटमा ड्राइभ उनलाई लग्नुहोस्। कारमा केही रोमान्टिक संगीत बजाउनुहोस र उनको कानमा सुटुक्क आफुले उनलाई धेरै मायाँ गर्ने कुरा सुस्तरी शालीन स्वरमा भन्नुहोस ।

७ । यदि उनि ट्रेकिङ्ग मन पराउँछिन भने तपाईं नजिकैको सुन्दर पहाडमा उनलाई लिएर यात्रा गर्न सक्नुहुन्छ। बिहान सबेरै यात्रामा निस्कनुहोस र सूर्य अस्ताउनु अघि त्यहाँ पुग्ने प्रयास गर्नुहोस्। तपाईको दुवै घुँडा झुकाउनुहोस् र सुर्यास्त हुन लागेको गोधुली साँझमा गुलावको फुल दिदै उनलाई प्रस्ताव गर्नुहोस ।

ध्यान दिनुपर्ने केहि कुराहरूः

-प्रेम प्रस्ताव राख्नुअघि, उनको मन जित्ने प्रयास गरौं । जबसम्म सम्पूर्ण रुपमा केटा/केटी साथीलाई आफ्नो प्रभावमा पार्न सकिदैन, तबसम्म प्रेम प्रस्ताव राख्नु व्यर्थ हुनसक्छ ।

-प्रेम प्रस्ताव त्यसबेला मात्र राख्नुपर्छ, जब आफुले मन पराएको व्यक्तिको भावना सकारात्मक छ भन्ने कुरामा ढुक्क हुन सकिन्छ । अन्यथा त्यसको साइट इफेक्ट पर्न सक्छ ।

-प्रेम प्रस्ताव राख्नुअघि आफ्नो केटा/केटी साथीको मनोविज्ञान बुझ्नुपर्छ । यदि प्रस्ताव ठाडै अस्विकार गरिदियो भने आफुमा आघात पर्न सक्छ ।

-क्षणिक आकर्षणको भरमा कसैलाई पनि प्रस्ताव नराखौं, त्यसको नतिजा राम्रो हुँदैन ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”2573″] [irp posts=”3174″]

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button