मुख्य समाचारशिक्षा स्वास्थसमाचार

शरीरमा देखिने निलो दाग के बोक्सीले चुसेको हो त ? चिकित्सकहरु यसो भन्छन्…

Gobal IME Bank

एजेन्सी । कहिलेकाँही बिहान उठ्दा शरीरमा निलो दाग–धब्बा देखिन्छ । यस्तो दागदब्बालाई नेपाली समाजमा बोक्सीले चुसेको भन्ने चलन छ तर, यसमा कुनै सत्यता छैन । यदि शरीरमा निलो दाग र धब्बा देखिन्छ भने सावधान भइहाल्नुहोस् । हाम्रो शरीरमा आउने कुनै पनि परिवर्तनले हाम्रो शरीरको स्वास्थ्य खराब भई रहेको भन्ने संकेत दिइरहेको हुन्छ ।

चिकित्सकहरुका अनुसार शरीरमा देखिने निलो दाग हाम्रो स्वास्थ्य बिग्रन लागेको अवस्था हो । हाम्रो शरीरमा देखिने निलो दागका ८ कारणहरुः

छालामा चोट
आम रुपमा छालामा चोट लाग्दा यस्तो दागहरु देखिन्छ । कहिलेकाँही हाम्रो आफ्नै शरीरको भागले पनि अर्को भाग थिच्चिने गर्छ । यस्तै कुनै वस्तु सँग ठक्कर खाँदा पनि यस्तो प्रकारको चोट लाग्न सक्छ ।

यसरी चोट लाग्दा शरीरका रक्त धमनिमा असर पुग्न जान्छ, जसका कारण शरीरमा निलो दाग देखिन्छ ।

खानामा पोषण तत्वको कमी
रगत जम्न र रगतका धमनीमा लाग्ने चोटहरु निको हुनका लागि हाम्रो शरीरलाई केही भिटामिन र मिनरलको महत्वपूर्ण भूमिका हुन्छ । यसकारण तपाईंले खानामा यस्तो भिटामिन र मिनरल प्राप्त हुने चिजहरु समावेश गर्नुपर्ने हुन्छ ।

भिटामिन ‘के’ले चोट लागेको ठाँउमा रगत जम्न मद्दत गर्छ भने भिटामिन ‘सी’ले त्वचा र रक्त धमनीमा चोट लाग्नबाट बचाउँछ । यस्तै जिंक र आइरनजस्ता मिनरलले चोटलाई छिट्टै निको पार्न मद्दत गर्छन् । खानामा यी पोषक तत्वको कमीको काराण घाउ निको हुन समय लाग्ने वा निलो दाग बस्ने गर्छ ।

क्यान्सर र किमोथेरापीका कारण
क्यान्सरपीडित जसले नियमित किमोथेरापी गर्नु पर्छ यसको बिरामीको शरीरमा निलो दाग देखिन्छ । यस्तो यसकारण हुन्छ कि किमोथेरापी गर्दा ब्लड प्लेट्सहरु धेरै तल आउने गर्छन् । ब्लड प्लेट्सहरु तल आउँदा शरीरमा निलो दाग देखिने गर्छ ।

औषधी सेवनका कारण
केही औषधि र सप्लिमेन्ट्स प्रयोग गर्दा पनि शरीरमा निलो दाग देखिन सक्छ । वार्फरिन र एस्प्रिन जस्ता रगतलाई पातलो बनाउने औषधि सेवन गर्दा शरीरमा निलो दाग देखिन्छ । यस्तै माछाको तेल, लसुन जस्ता केही प्राकृतिक खानेकुराअधिक सेवन गर्दा पनि शरीरमा निलो दाग देखिन्छ ।

वंशाणुगत रोग हिमोफिलियाका कारण
वंशाणुगत रोग हिमोफिलियाका कारणले पनि शरीरमा निलो दाग देखिन्छ । यो रोगका कारण शरीरको बाहिरी भागमा रगत जम्ने समस्या हुन्छ ।
यो रोग रगतमा थ्राम्बोप्लास्टिन नामक पदार्थको कमीका कारण हुन्छ ।

बढ्दो उमरका कारण
बढ्दो उमेर र बुढ्यौलीका कारणले पनि शरीरमा निलो दाग देखिन्छ । उमेर बढेसँगै रगतका धमनीहरु कमजोर हुने भएकाले बढ्यौलीका कारण शरीरमा निलो दाग देखिन्छ ।

थ्रम्बोफिलियाको समस्याका कारण
थ्रम्बोफिलिया रगत जाम हुने एक प्रकारको शारीरीक समस्या हो । यसले रक्त प्रवाहमा असर पुर्याउने गर्छ । यसलाई ब्लिडिङ डिसअर्डर पनि भनिन्छ, जसका कारण ब्लड प्लेट्सहरु धेरै कम हुन्छन्, ब्लड प्लेट कम हुँदा शरीरमा निलो दाग देखिन्छ ।

वोन विलिब्रान्ड रोगका कारण
वोन विलिब्रान्ड रोग एक शारीरीक अवस्था हो, जसमा अत्यधिक र विस्तारित मात्रामा रक्तश्राव हुने गर्छ । यो रोग वोन विलिब्रान्ड नामक प्रोटिनको स्तरमा रगतको कमिका कारण लाग्ने गर्छ । यो रोगबाट पीडित व्यक्तिको शरीरमा सामान्य चोट लाग्दा पनि शरीरमा ठूला निलडाम देखिने गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button