अन्यसमाचार

ललितलाई अन्तराष्ट्रिय शारीरिक सुगठनमा स्वर्ण

Body Building and Physique Championship

Gobal IME Bank

काठमाडौं । नेपालका ललित धिमालले माल्दिभ्समा भएको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

माल्दिभ्सको मालेमा सम्पन्न प्रतियोगिताको ७५ केजी तौल समुहमा नेपालका ललितले स्वर्ण पदक जितेका हुन् ।

उक्त प्रतियोगितामा भारत दोस्रो, चौथो तथा पाँचौं भएका थिए भने अफगानिस्तानका खेलाडी तेस्रो भएका थिए ।

उपाध्यक्ष वकिल मान तुलाधर उदासको नेतृत्वमा तीन सदस्यीय टोली माल्दिभ्समा छ । नेपालका दिनेश श्रेष्ठले अन्तराष्ट्रिय निर्णायकको भुमिका निर्वाह गरिरहेका छन् ।

ललितले हालै काठमाडौंमा सम्पन्न आठौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगितामा ओलभरअलमा विजेता समेत बनेका थिए । उनले उपाधि सहित ५ लाख २५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button