विचारशिक्षा स्वास्थसमाचार

ब्राह्मणले प्याज र लसुन सेवन किन गर्दैनन्?

Why brahmins don't eat onion & garlic!

Gobal IME Bank
हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।  आयुर्वेदका अनुसार खाद्य पदार्थ तीन खाले हुन्छन् ।

आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँडिएको छ स् सात्विक, राजसिक र तामसिक । सात्विक भोजनले शान्ति, संयम, पवित्रता र मनको शान्ति दिलाउँछ भने राजसिक खाद्यपदार्थले मोह तथा खुशीको भाव दिन्छ । त्यस्तै तामसिक भोजनले क्रोध, अहंकार र विनाशजस्ता भाव पैदा गर्छन् ।हिन्दु धर्मको वेद र पुराण अनुसार समुद्र मन्थनबाट निस्केको अमृत विष्णु भगवान सबै देवतालाई बाट्दै थिए त्यही समयमा राहु र केतु नामको राक्षस भेष बदलेर चुपचाप लाइनमा आएर बस्छन् । यसको बारेमा कुनै देवतालाई थाहा हुदैन र गल्तीले विष्णु भगवानले ति राक्षसलाई पनि अमृत पिउन दिन्छन् । तर जब  कि राहु र केतु नामका राक्षस हुन जसले भेष रुप बदलेर अमृत पिउन आएको देवताहरुलाई थाहा हुन्छ विष्णु भगवान क्रोधित हुन्छन् र आफ्नो सुदर्सन चत्रले यि दुबै राक्षसको शिरबाट धर अलग गरि दिन्छन् तर यतिबेला सम्म यि राक्षसको मुखमा अमृतको केही थोपा परिसकेको हुन्छ त्यसैले उनीहरु अमर भई सकेका हुन्छन् । तर विष्णु प्रहारबाट जब यि दुबै राक्षसको गर्दन काटियो तब रगतको केही थोपा धर्तीमा खस्यो र यहीबाट प्याज र लसुनको उत्पत्ती भएको  थियो । ब्राह्मणहरु प्याज र लसुनमा राक्षसको बास हुने विश्वास गर्छन् त्यसैले उनीहरु प्याज र लसुन सेवन गर्दैनन् । -Rabina Mangranti

अरू पनि पढ्नुहोस्:

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button