Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

‘ब्रह्मास्त्र’ लिएर आए शैलेन्द्र अधिकारी

काठमाडौं । साहित्यकार शैलेन्द्र अधिकारीको कथा संग्रह ‘ब्रह्मास्त्र’ सार्वजनिक भएको छ। शनिबार बत्तिसपुतलीस्थित शिल्पी थियटरमा उनको पुस्तक सार्वजनिक भएको हो।

पुस्तकलाई लेखक कुमार नगरकोटी, सुविन भट्टराई, अमर न्यौपानेलगायतले पुस्तक सार्वजनिक गरेका हुन्। ब्रह्मास्त्र पुस्तकबाट कथा मथिगंलको शिल्पी थियटरका कलाकारले नाटक पनि प्रस्तुत गरेका थिए। पुस्तक सार्वजनिकपश्चात् पुस्तकको अन्तर्क्रिया पनि भएको थियो। जसमा लेखक अधिकारीसँग पत्रकार दीपक सापकोटाले पुस्तकबारे छलफल गरेका थिए।

अन्तर्क्रियामा बोल्दै लेखक अधिकारीले फरक फरक विषयमा कथाहरू लेखेको बताए। नेपाली कथा लेखनमा गुरुप्रसाद मैनालीको ट्रेण्डभन्दा फरक तरिकाले कथाहरू लेखेको उनको दाबी थियो।

‘म कथा लेखनको माध्यममात्र हुँ, कथानकहरू सबै पात्र र परिवेशले अगाडि बढाएका छन्’, अन्तर्क्रियामा उनले भने,’मैले केही काल्पनिक, मनोवैज्ञानिक कथाहरू पाठकमाझ प्रस्तुत गर्ने जमर्को गरेको छु।’

यसअघी साहित्यकार अधिकारीको निर्वेद उपन्यास बजारमा आइसकेको छ भने गजल र समालोचनाका पुस्तक पनि सार्वजनिक भइसकेका छन्। पुस्तकलाई शिखा बुक्सले बजारमा ल्याएको हो भने मुल्य ४ सय ५० रहेको छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button