मनोरञ्जनशिक्षा स्वास्थसमाचार

‘बोल उकुसमुकुस बोल’ गीत सार्वजनिक संगीत मानसिक स्वास्थ्यबारे

Nepali Music

Gobal IME Bank

काठमाडौं। मुलुकको आर्थिक, सामाजिक र राजनीतिक कारण धेरै युवाहरु विदेसिईरहेका छन् । देशमा रहेका धेरै युवामा पनि मनभित्र उकुसमुकुस देखिन्छ, कतिमा यस्तै उकुुमुकुसको कारण डिप्रेसनको समस्याको सामना गरिरहेका छन् । समाजको यही यथार्थ समेटेर गायक तथा संगीतकार अनुप ओझाले ‘बोल उकुसमुकुस बोल’ गीत ल्याएका छन् । अनुपको शब्द रहेको गीतमा उनलाई प्रदीप लामाले गायनमा साथ दिएका छन् ।

गीतले कथा, नृत्य र संगीतको माध्यमबाट युवाहरुमा बढ्दै गएको छटपटी र उकुसमुकुस निकाल्ने प्रयास गरेको अनुपले बताए । लकडाउनका बेला मानिसहरुमा रहेको निराशाको मनोभावलाई गीतमा उतार्ने प्रयास गरिएको र यसमार्फत केही मात्रामा सचेतना फैलाउने प्रयास गरेको उनले जानकारी दिए ।

विश्वभरी नै मानसिक स्वास्थ्य समस्या र आत्महत्याको दर डरलाग्दो रुपमा बढ्दै गएको छ । नेपाल जस्ता विकासोन्मुख देशमा मानसिक स्वास्थ्यबारेमा खुलेर छलफल नै नगर्ने कारणले यो समस्याले विकराल रुप लिनसक्ने कुरा गीतको भिडियोमा चित्रण गरिएको छ ।

मनमनै बाँधिराखेको उकुसमुकुस खोलौं, आपसमा कुरा गरौं, जीवन उत्सव हो, आत्महत्या समस्याको समाधान होइन भन्नु नै यो गीतको उद्देश्य रहेको अनुपले बताए ।

प्रदीप लामाले निर्देशन गरेको यो गीतको भिडियोको कोरियोग्राफी लामा र केविका खत्रीले संयुक्त रुपमा गरेका हुन् । टोखा, बालुवाखानी र ललितपुरको एक स्टुडियोमा छायांकन गरिएको भिडियोमा ५० जनाभन्दा बढीले प्रस्तुति दिएका छन् ।

भिडियोमा विष्णु नेपाल, केविका खत्री, अनुप ओझा र प्रदीप लामाले अभिनय गरेका छन् । भिडियोलाई सलिन मगरले छायांकन र सम्पादन गरेका हुन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button