समाचार

घट्टेखोलामा मोटरेबल पुल निर्माण-GoodNews24

Gobal IME Bank

बेनी– बेनी जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको घट्टेखोलामा मोटर चल्ने पुल निर्माण भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तरगत पर्ने घट्टे खोलामा पक्की मोटर चल्ने पुल निर्माण भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाले ठेक्का मार्फत बनाएको पुल निर्माण सकिएपछि सञ्चालनमा आएको छ ।

चालीस मिटर लामो र ११ मिटर चौडाई भएको पुल निर्माणका लागि आयोजना र फेवा नयाँबाटो (जेभी) जोइन्टभेञ्चरबीच २०७३ असार २९ गते ठेक्का सम्झौता भएको थियो । रु पाँच करोड ७६ लाख ८० हजार ५५६ को लागतमा पुल निर्माण भएको आयोजनाले जनाएको छ । पुल हस्तान्तरण भएपछि सवारी आवतजावतका लागि खुल्ला गरिएको आयोजना प्रमुख अशोक तिवारीले बताउनुभयो । आयोजनाका अनुसार यो पुल प्रिस्टीङ प्रबिधिको हो । यसअघि घट्टे खोलाबाटै सवारी साधन आवतजावत गर्थे । पुल बनेपछि घट्टेखोलामा बाढी आउँदा सडक अवरुद्ध हुने समस्या हटेको छ ।

ढलानको तयारी गरेको अवस्थामा २०७६ जेठ ११ गते घट्टेखोलामा आएको बाढीले सटिङ गरेका सामग्री बगाउँदा निर्माण अवधि एक वर्ष धकेलिएको निर्माण कम्पनीका प्रतिनिधि रवी कार्कीले बताउनुभयो । उहाँका अनुसार कोरोना भाइरसको जोखिम र बन्दाबन्दीको असहज अवस्थामा पनि घर नगएका मजदुरलाई परिचालन गरेर पुल निर्माण सम्पन्न गरिएको हो । बेनी–जोमसोम सडकको म्याग्दी खण्डअन्तरगत गलेश्वर, तिप्ल्याङ, पोखरेबगर र रुप्से खोलामा मोटर चल्ने पुल निर्माणाधिन अवस्थामा छन् ।

रुप्सेखो, घाँसाखोला र घैकुखोलामा निर्माणाधिन पुलमा गत साउन ५ गतेको बाढीले क्षति पु¥याएको छ । बाढीले पर्खाल भत्काएको गलेश्वर स्थित राहुघाट नदी माथिको बेलिब्रिज मर्मत भएको छ । असार २६ गते बिहान रघुगंगा नदीमा आएको बाढीले भत्काएको पुलको पर्खाल मर्मत गरेर साउन २७ गतेदेखि सवारी सञ्चालन गरिएको थियो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button