गुड न्यूज 24समाचार

व्यासमा विपन्न वर्गका व्यक्तिले घर बनाउँदा नक्सा निःशुल्क निर्माण

Byas Municipality

Gobal IME Bank

तनहुँ। व्यास नगरपालिकाले विपन्न वर्गका व्यक्तिले पक्की घर बनाउँदा घरको नक्सा निःशुल्क निर्माण गरिदिन थालेको छ। उक्त सुविधा प्रदान गरेसँगै पाँच जनाले निशुल्करूपमा नक्सा पास गराइ घर निर्माण गरीरहेको नगरपालिकाले जानकारी दिएको छ । नागरिकको आर्थिक समस्यालाई मध्यनजर गरि केही सहज बनाउन लागिएको नगरपालिका घर नक्सा निर्माण शाखाका सहायक इन्जिनियर सञ्जय तिमिल्सेनाले बताए ।

नागरिकलाई पक्की घर बनाउन आकर्षित गर्ने उद्देश्यले घर बनाउँदा निःशुल्क रुपमा नक्सा निर्माण गरिदिने व्यवस्था गरिएको छ । निःशुल्क नक्सा कार्यक्रमअन्तर्गत वडामार्फत विपन्नवर्गले घर बनाउन सिफारिस लिएर आए निःशुल्क रुपमा नक्सा निर्माण गरिदिने गरेको छ । वडामार्फत विपन्न वर्गले सिफारिस लिएर आएपछि हामीले उनीहरूले चाहेको अनुसार नक्सा निःशुल्क रुपमा बनाउने गरेका छौँ । ‘दुई, तीन र चार कोठे घरका लागि विभिन्न आठ किसिमका मोडल रहेको छ ।’ इन्जिनियर तिमिल्सेनाले बतााए ।

कतिपय नागरिकले नक्सा बनाउन खर्च धेरै लाग्ने भएका कारण कच्ची घरमै बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न पनि नगरपालिकाले नक्सा निर्माण निःशुल्क गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिएका छन् ।

विभिन्न कन्सलटेन्सीले महँगो शुल्कमा घरको डिजाइन बनाइदिने गुनासो आएपछि नगरपालिकाले विपन्न वर्गका व्यक्तिका घरको नक्सा डिजाइन निःशुल्क गरिदिने गरेको उनको भनाइ थियो। घर नक्सा शाखा प्रमुख अमित केसीले घरको नक्सा निर्माणका लागि आर्किटेक इन्जिनियरलाई खटाइएको बताए । पक्की घर निर्माणले नगरवासीलाई सुरक्षित बनाउनेछ । ‘विपन्न व्यक्तिले पक्की घर बनाउन चाहेमा घरनक्सा निःशुल्क निर्माण गरिदिने गरेका छौँ ।’ उनले बताए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button