Grace Computer Jawalakhel
मनोरञ्जनमुख्य समाचारसमाचार

अन्ततः प्रदीपले गरे चलचित्र ‘क्यामिनो’ संगको औपचारिक घोषणा, भारतको मन्दिरमा गरे पूजाआजा

काठमाडौं । चलचित्र ‘क्यामिनो’ को टिजर पोस्टर सार्वजनिक गर्दै प्रदीप खड्काले बिहीबार यसमा आफूले औपचारिक रुपमा प्रोजेक्ट गर्न लागेको खुलाएका छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत टिजर पोस्टर सार्वजनिक गर्दै प्रदीपले चलचित्र क्यामिनो मा पनि आफूलाई पहिलेजस्तै साथ दिन सबैलाई अनुरोध पनि गरेका छन् । भारतको प्रसिद्ध नासिक त्रयम्बकेश्वर मन्दिरमा पूजाआजापछि इन्स्टाग्राममा प्रदीपले चलचित्रको पोस्टर सार्वजनिक गरेका छन् ।

प्रदीपले भिडियो सार्वजनिक गर्दै ‘भाग्य र मेहनत दुवै एकसाथ अघि बढ्छन् । यो भाग्यका लागि थियो भने अर्को चाहिं कडा मेहनतमा निर्भर हुनेछ,’ भनेका छन् ।

चलचित्र क्यामिनो लाई ‘रोल्पा रोग’, ‘कृष्णलीला’ फेम्ड दीपक वलीले निर्देशन गर्नेछन् भने चलचित्रलाई ब्राजिल र मेक्सिकोमा छायांकन गर्ने तयारी छ । चलचित्रलाई नेपाली, अंग्रेजी, हिन्दी र स्पेनी भाषामा सुटिङ गरिने तयारी छ । चलचित्रको कथावस्तु भने दक्षिण अमेरिकी मुलुक हुँदै जोखिम लिएर अमेरिका छिर्ने आप्रवासीको रहेको बताईएको छ ।

खड्काले चलचित्र ‘कामिनो’का लागि माघ पहिलो साता नै सम्झौता गरिसकेका थिए तर प्रदीपले यसबारेमा कहि कतै पनि जिकिर गरेका थिएनन् अन्ततः प्रदीपले टिजर पोस्टर नै सार्वजनिक गर्दै औपचारिका जानकारी गराएका छन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button