Grace Computer Jawalakhel
अन्यसमाचार

क्यानडामा सन्दीपको उत्कृष्ट प्रदर्शन

Sandip Lamichhane

काठमाडौँ। क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनका कारण सरे जग्वार्सले सफलता पनि हात पारेको छ ।

उक्त योगदानका कारण सन्दीप म्यान अफ दी म्याच पनि घोषित भए । सरे जग्वार्सले आफ्नो पछिल्लो खेलमा मिसिसाउगा प्यान्थर्सलाई आठ विकेटको अन्तरले हरायो । उक्त खेलमा सन्दीपले निकै राम्रो बलिङ गर्दै चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिए ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको प्यान्थर्सले १४.३ ओभरमै अलआउट हुनुअघि ५६ रन मात्र बनाउन सफल भयो । प्यान्थर्सलाई सस्तोमा समेटन सन्दीपका अतिरिक्त इफ्तिखार अहमद र म्याथ्यु फोर्डले दुई—दुई विकेट लिए । आयान खान र अमार खालिदले पनि एक—एक विकेट हात पारे ।

प्यान्थर्सका दुई ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सके । ओपनर श्रेयस मोभाले १७ र निखिल दत्ताले १० रन बनाए । जवाफी ब्याटिङमा ओर्लिएको सरेले नौ ओभरमा केवल दुई विकेट गुमाएर ५९ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो ।

सरेका लागि ओपनर ब्याट्सम्यान मोहम्मद ह्यारिसले अविजित ३७ रन बनाए । विकेटकिपर ब्याट्सम्यान लिटन दासले १० रन जोडे । कप्तान इफ्तिाखार अहमदले अविजित आठ रन जोडे । सात खेलबाट १० अङ्क जोडेको सरे पहिलो स्थानमा छ ।

जारी सिजनको ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा सर्वाधिक विकेट लिने बलरको सूचिमा सन्दीप तेस्रो स्थानमा छन् । प्रतियोगितामा उनले हालसम्म १० विकेट लिइसकेका छन् । सर्वाधिक विकेट लिने बलरको सूचिमा लङ् भान विक पहिलो र म्याथ्यु फोर्ड दोस्रो स्थानमा छन् । लङ् भानले १२ र फोर्डले ११ विकेट लिएका छन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button