मनोरञ्जनसमाचार

घरेलु बक्स अफिसमा दमदार कमाइ गरिरहेको ‘छक्कापञ्जा ४’ आजबाट मध्यपूर्वका देशहरुमा पनि प्रदर्शनमा

Gobal IME Bank

काठमाडौं । नेपाली चलचित्र ‘छक्कापञ्जा ४’ आजबाट मध्यपूर्वका देशहरुमा पनि प्रदर्शनमा आउने भएको छ । घरेलु बक्स अफिसमा दमदार कमाइ गरिरहेको चलचित्रलाई अब वितरण कम्पनी नेपफिल्म्सले यूएई, कतार, ओमान र बहराइन गरी मध्यपूर्वका ५० भन्दा बढी पर्दामा रिलिज गर्ने भएको हो । नेपालमा भने गत शुक्रबारबाट चलचित्र प्रदर्शनमा आएको हो ।

योसंगै अब रोजगारीको सिलसिलामा मध्यपूर्वमा रहेका नेपालीहरुले पनि चलचित्रलाई हेर्न पाउनेछन् । चलचित्रलाई मध्यपूर्वका देशका मुख्य मुख्य शहरमा लगाउने तयारी भएको हो ।

त्यसो त मध्यपूर्वका देशमा २० लाखभन्दा धेरै नेपालीहरु रहेका छन् । गैरआवासीय नेपाली सोसल क्लब (एनसीसी), ओमानलगायत विभिन्न देशमा रहेका एनआरएनले चलचित्र प्रवर्द्धनमा सहयोग गर्ने भएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button