Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

दीपक दीपाको फिल्म ‘छक्का पन्जा-४’ को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं । दीपक र दीपाको नेपाली चलचित्र ‘छक्का पन्जा-४’ को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रको ट्रेलरलाई शुक्रबार ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। ट्रेलरमा राजनीतिक परिवेशलाई देखाइएको छ। चलचित्र फागुन १९ गतेदेखि प्रदर्शनमा आउनेछ ।

चलचित्रलाई हेमराज विसीले निर्देशन गर्नुभएको हो । चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको कथा दीपकराज गिरीले तयार पार्नुभएको हो भने छायांकन नरेन्द्र मैनालीले गर्नुभएको हो । त्यस्तै चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गर्नुभएको हो ।
चलचित्रको निर्माता दिपेन्द्र खनिया र केशव न्यौपाने हुनुहुन्छ भने कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुनुहुन्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button