Monday , 8 March 2021

चीनको बेइजिङमा अन्तर्राष्ट्रिय विमान चल्न सुरू – GoodNews24

बेइजिङ, १८ भदौ (रासस-एपी) — कोरोनाभाइरसको महामारी शुरुवात भएको देश चीनको राजधानी बेइजिङमा बिहीबारदेखि अन्तर्राष्ट्रिय विमानहरु आउन थालेका छन् ।

बेइजिङमा रहेको मुख्य विमानस्थलमा बिहीबारदेखि सीमित संख्यामा अन्तर्राष्ट्रिय विमानहरु आउन थालेको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाभाइरसको महामारी फैलिन थालेपछि गत मार्चदेखि बन्द भएको विमानस्थलमा फेरि अन्तरदेशीय विमान सेवा सुरु भएको हो ।

कोरोनाभाइरसको खतरा कम देखिएको निश्कर्ष निकाल्दै अधिकारीहरुले विमान सेवा सूचारु गर्ने निर्णय गरेका हुन् ।

बिहीबार पहिलो दिनको अन्तर्राष्ट्रिय उडानमा कम्बोडिया, ग्रिस, डेनमार्क, थाइल्याण्ड, पाकिस्तान, अस्ट्रिया, क्यानाडा र स्विडेनबाट यात्रु आएका छन् ।

चीनमा आउन लागेकाहरुलाई विमान प्रवेश गर्नुअघि कोरोनाभाइरसको सङ्क्रमण नभएको प्रमाण पेस गर्नु पर्ने व्यवस्था पनि गरिएको छ ।

अहिले प्रारम्भिक तथा परीक्षण अवधि भएकाले दैनिक नियमित रुपमा पाँच सयको हाराहारीमा यात्रुहरु आउने व्यवस्था मिलाइएको स्थानीय एक अधिकारीले जानकारी दिए ।

चीनको राजधानी बेइजिङमा गत मार्चको शुरुवातदेखि नै सबै अन्तर्राष्ट्रिय विमान सेवाहरु बन्द गरिएको थियो ।
––

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle