शिक्षा स्वास्थसमाचार

हाम्रो स्वास्थ्यको लागि ‘चकलेट’ कतिको फाइदाजनक ?

Gobal IME Bank

काठमाडौँ । हामी मध्ये धेरै मानिसहरुलाई चकलेट निकै मन पर्छ । चकलेट ट्रिटको रुपमा बच्चाहरुलाई दिइन्छ, कुनै शुभ समाचार सुनाउने बेलामा पनि खाने र दिने चलन रहेको छ भने भ्यालेनटाइन-डे मा चकलेट डे भनेर आफ्नो साथी र प्रियजनलाई दिने चलन पनि रहेको छ । हामीले निकै मिठो मानेर खाने चकलेट हाम्रो स्वास्थ्यको लागी कतिको फाइदाजनक वा हानिकारक छ त ?

चकलेटको प्रकारहरु फरक फरक हुन्छन् डार्क चकलेट, मिल्क चकलेट र ह्वाइट चकलेट । हामीले हाम्रो जीवनकालमा कुनै न कुनै समय आफु भन्दा ठुलो मान्छेले चकलेट खानु हुँदैन यसले दाँतमा क्याविटि हुन्छ जस्ता कुराहरु भनेको पक्कै पनि सुनेको हुनुपर्छ ।

हालसालै गरिएको रिसर्चमा पत्ता लागेको छ कि डार्क चकलेट हाम्रो दाँतको लागी फाइदाजनक छ । हामीले यो कुरा जानी राख्न् जरुरी छ किन डार्क चकलेट फाइदाजनक छ । डार्क चकलेटलाइ धेर्रै रिफाइन गरिएको हुँदैन । यसमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ त्यसैले यो हाम्रो शरीरको लागी फाइदाजनक हुन्छ भने डेरीमिल्क, स्निकर जस्ता चकलेटमा धेरै मात्रामा चिनी र मिल्क मटेरियलहरु हुन्छ । यी अवयवहरु हाम्रो मुखमा भएको ब्याक्टेरियाले खाने कारण हाम्रो दाँतमा क्याविटि हुने गर्छ ।

त्यसैले हामीले चकलेट खाँदा ध्यान पुर्याउनु पर्छ । चिनी र मिल्क पाउडर मिश्रित चकलेट खाएको छ भने तुरुन्त दाँत माझ्ने वा पानीले कुल्ला गर्ने बानी अपनाउँदा हाम्रो दाँतमा क्याविटि हुने जोखिम कम हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button