समाचार

अन्तरिक्षमा ३२८ दिन, क्रिस्टीना कोचकाे पृथ्वीमा अवतरण

Gobal IME Bank

एजेन्सी । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा करिब एक वर्ष बिताएर एक अमेरिकी महिला अन्तरिक्ष यात्री क्रिस्टिना कोच बिहीबार पृथ्वीमा अवतरण गरेकी छिन् । यससँगै उनी सबैभन्दा बढी समय अन्तरिक्ष केन्द्रमा बिताउने पहिलो महिला अन्तरिक्ष यात्री बनेकी छिन् । अमेरिकी अन्तरिक्ष संस्था (नासा)की ४१ वर्षीया इन्जिनियर कोच कजाकस्तानमा अरु दुई अन्तरिक्ष यात्री सहित अवतरण गर्न लागेको नासाले जनाएको छ । अन्य दुई सदस्यमा युरोपेली अन्तरिक्ष निकायका लुका पार्मिटानो र रसियाका अलेक्जान्डर स्केभोर्सोभ रहेका छन् । उनीहरु अन्तरिक्ष केन्द्रमा ३२८ दिन रहेका थिए । कोचले गत अक्टोबरमा नासाकै सहकर्मी जेस्सिका मायरसँग मिलेर अन्तरिक्ष केन्द्र बाहिर हिँड्नु (स्पेसवाक) भएको थियो । कुनै महिलाले अन्तरिक्षमा हिँडेको यो पहिलो अवसर पनि हो । हालसम्म चार जना अन्तरिक्ष यात्रीले मात्र एक वर्ष वा सोभन्दा बढी अवधि अन्तरिक्षमा बिताएका छन् । रसियाका भ्यालेरी पोल्याकोभले मात्र हालसम्म सर्वाधिक ४३७ दिन अन्तरिक्ष केन्द्रमा बिताएका छन् । नासाका अन्तरिक्ष यात्री स्कट केलीले सन् २०१६ मा पृथ्वीमा फर्कनु अघि ३४० दिन अन्तरिक्ष केन्द्रमा बिताएका थिए ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button