समाचार

निषेधाज्ञाबीच काठमाडौँ सफाइ अभियान-GoodNews

Gobal IME Bank

काठमाडौँ : उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाबीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएको छ । सफाइ महाअभियानको ३८२औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ ।

पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ भएको हो । पशुपति क्षेत्रको विद्युतीय शवदाह गृह परिसरमा सफाइ गरिएको उहाँले जानकारी दिनुभयो । त्यस क्षेत्रमा बढी फोहर भेटिएकाले सफाइ गरिएको हो । शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलेको नेतृत्वमा सफाइ भयो । त्यस क्षेत्रको नदी किनार र टोलमा सफाइ गरी कुहिने एवं नकुहिने फोहरमा वर्गीकरण गरी व्यवस्थापन गरिएको अभियानकर्मी पौडेलले बताउनुभयो ।

सफाइमा हनुमान मार्ग टोल विकास समितिका पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो । कोरोनाबाट बच्न भौतिक दूरी कायम गरी सफाइ अभियानलाई निरन्तरता दिइएको थियो । विष्णुमती सफाइ अभियानको ३१०औँ हप्तामा संयोजक शोभाकान्त पाण्डेलगायत अभियाकर्मीले सफाइ गर्नुभएको छ । विष्णुमतीको घर, टोल क्षेत्रमै सफाइ गरिएको उहाँले बताउनुभयो ।

यसैगरी मनोहरा सरसफाइ अभियान १८१औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ स्थित बालकुमारी पुलमा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठ, संयोजक चन्द्र दङगाललगायत अभियानकर्मीले सफाइ गर्नुभएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकाका आलोकनगर, चक्रपथ सफाइ अभियान उत्तरी खण्ड, चक्रपथ सरसफाइ अभियान पश्चिम खण्डले पनि घर, टोल सफाइका साथै राहत वितरण, रक्तदान गरी मनाएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो ।

ललितपुरको गोदावरी खोला सफाइ अभियानको ७९औँ हप्तामा अभियानकर्मीले घर, टोल सफाइ गरेको अभियानकर्मी बेबी राजभण्डारीले जानकारी दिनुभयो । कोरोनाबाट बच्न भौतिक दूरी कायम गरी सफाइ गरिएको उहाँले सुनाउनुभयो ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदी हुँदै देशभर यो अभियान फैलिएको छ । कोरोनाको जोखिम हुनुअघिसम्म देशका १०६ स्थानमा सफाइ अभियान शुरु भएको थियो । हाल कोरोनाका कारण धेरै स्थानको सफाइ अभियान घर, टोल सफाइ अभियान शुरु भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button