मुख्य समाचारशिक्षा स्वास्थसमाचार

कसरी जोगिने रुघाबाट ? यस्ता छन् उपायहरु…

Gobal IME Bank

एजेन्सी । रुघा लाग्दा नाकबाट पानी बग्ने, टाउको दुख्ने, आँशु आउनेजस्ता स–साना कुराले निकै तनाव दिने गर्छ । रुघाको कारण जटिल समस्या पनि हुन्छन्। सामान्य लाग्ने रुघामा दुई सयभन्दा बढी प्रकारका जीवाणु (भाइरस) हुन्छन्।

संसारमा सायदै यस्तो व्यक्ति होला जसलाई कहिल्यै रुघा नलागेको होस्।

घरमा एक जनालाई वा स्कुलको कक्षामा एक विद्यार्थीलाई रुघा लाग्यो भने उसले हाच्छ्युँ गर्दा उडेका ससाना जीवाणुहरू स्वस्थ व्यक्तिको शरीरमा पसेपछि रुघा सर्ने सम्भावना बढी हुन्छ ।

रुघा लागेको व्यक्ति भएको कोठाका झ्यालढोका लगाएर बस्दा जीवाणुहरू त्यहीँ रहन्छन् र रुघा कोठामा भएको सबैलाई सर्छ। विभिन्न फरक फरक प्रकारको जीवाणुको कारणले रुघा फैलिने भएकोले यसको विरुद्ध खोप तयार गर्न पनि गाह्रो छ।

कतिपय मानिसले रुघा लागेको समयमा एन्टिबायोटिक खान्छन्, कतिले विज्ञापनमा देखाएजस्तो चक्की खान्छन् तर रुघा निको पार्ने औषधि छैन। रुघा लाग्नबाट जोगिनका लागि रक्षात्मक उपाय अपनाउन सकिन्छ र समस्या भइसके पछि पनि केही साधारण उपाय अपनाउन सकिन्छ।

१) रुघा लागेको व्यक्तिको सम्पर्कभन्दा टाढा रहने
रुघा लागेका व्यक्तिसँग नजिक वा मुखामुख हुने गरी बस्नुहुँदैन। यदि बस्नु परेमा मुख र नाक छोप्ने किसिमको मास्क लगाउनु ठिक हुन्छ। यसै गरी रुघा संक्रमित व्यक्तिको सामान र लत्ता कपडा प्रयोग गर्नुहुँदैन।

२) भिटामिन सी भएका खानेकुरा
अमला, कागतीजस्ता भिटामिन ‘सी’ भएका फल र भोजनको सेवनले शरीरमा भिटामिन सीको आपूर्ति हुन सक्छ। भिटामिन सी ले शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ।

३) आराम र पानी
रुघा लाग्नुभन्दा अघि धेरैजना नाक र घाँटीमा खसखस भएजस्तो हुन्छ गर्छ । यस्तो किसिमको अनुभव हुनेबित्तिकै आराम गरेर पर्याप्त मात्रामा पानी विशेष गरी कागती हालेर पिउनुपर्छ। पानीको पर्याप्त प्रयोगले जीवाणुहरू पिसाबबाट चाँडै बाहिर निस्कन्छन्।

पानी मात्र पिउन मन नलागे तरकारीको तातो सुप पर्याप्त मात्रामा पिउनुपर्छ। रुघा लाग्दा प्रायः खानामा रुचि घट्ने हुनाले सुपको सेवन गर्नाले शरीरलाई चाहिने केही पोषक तत्व प्राप्त गर्न सकिन्छ। यस्तो बेलामा काम छाडेर आराम गर्नु उत्तम हुन्छ। सम्भव भएन भने कमसेकम शारीरिक रुपमा धेरै थाक्ने काम पनि गर्नु हुदैन ।

४) तातो पानीको बाफ
सम्भव भए स्टिम बाथ गर्ने तातो पानीमा बस्न सके शरीरले आनन्द पाउनुका साथै रुघा लाग्दा सुक्ष्म जीवाणुहरूको विषको कारणले दुखेको मांसपेशीलाई पनि धेरै फाइदा पुर्याउने गर्छ । हाम्रो देशमा स्टिम बाथको सुविधा निकै कम उपलब्ध छन्। पानी उमालेर कुनै भाँडोमाथि राखी त्यस भाँडोमाथि टाउको राखेर कुनै बाक्लो कपडाले टाउको छोपेर बाफ लिँदा पनि रुघा कम गर्न मद्दत मिल्छ। पानीमा कति जनाले बास्ना आउने सञ्चो या टिन्चर बेन्जिन पनि हाल्छन्। यसरी बाफ लिँदा बाफले नाक खुलेर सास लिन सजिलो हुन्छ। घाँटी दुखेको र अलिअलि छाती दुखेको पनि निको हुन्छ।

औषधि
रुघा लाग्दा टाउको दुखेको, जिउ दुखेको, ज्वरो आएको कम गर्न सिटामोलजस्ता औषधि प्रयोग गर्न सकिन्छ। यसले आराम पुर्‍याएर राम्ररी सुत्न सकियो भने पनि भोलिपल्ट शरीरलाई धेरै आराम मिल्छ।

घरेलु ओखती
तुलसीको पात र दानालाई दुईतिन गिलास पानीमा उमालेर आधा गिलास बनाएर त्यो पानी पिउनाले धेरै फाइदा मिल्छ । तुलसीको पात घरैमा नै उपलब्ध हुन्छ र आजकल तुलसीको चिया नै पनि बजारमा आउन थालेको छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button