मुख्य समाचारशिक्षा स्वास्थसमाचार

कम्प्यूटर भिजन सिन्ड्रोम के कारणले हुन्छ ? कसरी बच्ने ?

Gobal IME Bank

एजेन्सी । आजकाल प्राय सबैको काम कम्प्यूटर मार्फत नै हुने गर्छ । यसरी कम्प्यूटरको स्क्रिनमा हामी घण्टौ हेरि रहेका हुन्छौँ । कम्प्यूटर, मोबाइलफोन, ल्यापटप, ट्याबलेट, टेलिभिजन जस्ता स्क्रिनयूक्त उपकरणहरूको दीर्घकालिन उपयोगले प्रयोगकर्ताहरूको आँखामा देखिने विशेष किसिमको स्वास्थ्य समस्यालाई चिकित्सकहरू कम्प्यूटर भिजन सिन्ड्रोम भन्ने गर्छन्। यो समस्याले मानिसको शारीरिक एवं मानसिक स्वास्थ्यलाई पनि असर गर्छ । स्क्रिनयुक्त उपकरणका कारण आँखामा आउने समस्यालाई कम्प्यूटर भिजन सिन्ड्रम भनिन्छ ।

लक्षणहरूः

कम्प्यूटर, मोेबाइलफोन, ल्यापटप, ट्याबलेट, टेलिभिजन जस्ता स्क्रिनयूक्त उपकरणहरूको स्क्रिनमा लामो समय सम्म काम गरेपश्चात यदि यी लक्षणहरू देखिन्छन भने कम्प्यूटर भिजन सिन्ड्रोम भएको भन्न सकिन्छ ।

आखाँ पोल्ने , दुख्ने, रातो हुने, प्रारम्भिक चरणमा आँखाबाट आँसु बग्दै जाने तर पछि पछि सुख्खा हुने, अगाडिको दृश्य धुम्मिएको जस्तो हुने, एउटै दृष्यलाई पनि दुईटा वा दुई भन्दा ज्यादा देखिने, टाउको दुख्ने, ढाड, कमर, गर्दनमा पिडा हुने, मानसिक बेचैनी बढ्ने, शारीरिक रूपमा थकान महसुस हुने जस्ता लक्षणहरु देखा पर्छन्।

के कारणले हुन्छ ?

१) इलेक्ट्रोनिक स्क्रिनको प्रयोग गर्दा व्यक्तिको आँखा झिम्किने दर एकदम कम हुन्छ । यसरी आँखा कम झिम्किँदा आँखाको ओसिलोपन कम भइ आँखा सुक्खा हुन जान्छ । फलस्वरुप आँखामा सुजन हुने, दुख्ने पोल्ने र रातो हुने जस्ता समस्याहरु देखा पर्दछन् ।

२) कम्प्युटरमा प्रदर्शित अक्षरहरु बीचमा चम्किलो र छेउछेउमा कम चम्किलो हुने हुँदा आँखालाई अक्षरमा केन्द्रित हुन अतिरिक्त जोर दिनु पर्ने हुन्छ र यसका कारण आँखा प्रभावित हुन पुग्दछन् ।

३) स्क्रिनबाट उत्सर्जित प्रकाश प्रत्यक्ष रुपमा आँखामा परिरहने हुँदा यसले आँखामा अतिरिक्त तनाव उत्पन्न गरिरहेको हुन्छ ।

४) सामान्यतया आँखाको स्वास्थ्यको लागि आँखा तलमाथि नजिक टाढा दायाँ बायाँ लगातार घुमाई राख्नु पर्ने हुन्छ तर इलेक्ट्रोनिक स्क्रिनमा काम गर्दा आँखाले यो गतिविधि गर्ने अवसर नै पाउँदैन । फलतस्वरुप आँखाका मांसपेशीहरु आइवृत्तलाई एउटै पोजिसनमा बनाइराख्न झन् तनावग्रस्त भइरहनुपर्ने हुँदा आँखामा समस्या आउँछ ।

५) कम्प्युटर भिजन सिन्ड्रोम प्रयोगकर्ताको स्थिर आसन हो, जसले शरीर एवम् इन्द्रीयहरुमा अतिरिक्त दबाब पुर्‍याउँदछ ।

बच्ने उपायहरुः

१) कम्प्युटरबाट उत्सर्जित प्रकाश अर्थात् ब्राइटनेस् लेभललाई सामान्य अवस्थामा बनाइ राखौं । तीव्र प्रकाशले चाँडै आँखा बिगार्छ ।

२) कम्प्युटरमा काम गर्दा एकोहोरो हेरिरहने बानी त्यागेर बेलाबेलामा तल माथि, दायाँ बायाँ र स्क्रिन भन्दा बाहिर पनि हेर्ने गर्नु पर्छ ।

३) सामान्य अवस्थामा हाम्रो आँखा एक मिनेटमा १५ पल्ट सम्म झिम्किन्छ तर कम्प्युटरमा काम गर्दा यो दर घटेर पाँच पल्ट सम्म मात्र हुन पुग्दछ । यसर्थ हरेक चार सेकेन्डमा एकपल्ट आँखा झिम्क्याउने गर्नु पर्छ ।

४) कम्प्युटरमा काम गर्दा चश्मा लगाएर काम गर्ने गरौं, चश्माले अतिरिक्त प्रकाशलाई आँखामा जानबाट रोक्ने काम गर्छ।

५) कम्प्युटरलाई पनि विशेष दुरीमा राखेर काम गर्ने, स्क्रिनलाई आँखा भन्दा १५ डिग्री माथि राखेर काम गर्ने गर्नु पर्छ ।

६) आँखाको कसरत जस्तै आँखा माथि हेर्ने, तल हेर्ने, दायाँ हेर्ने, बायाँ हेर्ने, छड्के हेर्ने र घडीको सुई घुम्ने दिशामा र सुईको विपरीत दिशामा आँखा घुमाउने कार्य गरी आँखाको कसरत गर्नु पर्छ ।

७) आँखामा माटो पट्टिको प्रयोगले पनि आँखाको तनाव कम गर्दछ । माटो पट्टी विशेष प्राकृतिक उपचार पद्धति हो यसलाई विज्ञबाट सिकेर मात्र अपनाउने गर्नु पर्छ । माटो पट्टी नभएको खण्डमा काँक्रोको फेस प्याकले पनि आँखाको तनाव कम गर्न मद्दत गर्दछ ।

८) लगातार कम्प्यूटरमा काम गर्नेहरुले बीच बीचमा ५ मिनेट आराम गर्ने गर्नु पर्छ ।

९) आँखामा आँसु सुकेर आँखा सुक्खा हुँदै गएको खण्डमा कृत्रिम आसुको प्रयोग गर्नु पर्छ ।

१०) योगको त्राटक क्रियाले पनि आँखाको पावर बढाउन मद्दत पुर्‍याउँदछ । यसर्थ, दक्ष गुरुबाट त्राटक क्रिया सिकेर नियमित गर्ने बानी बसाल्दा आँखाको लागि फाइदाजनक हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button