अन्यसमाचार

कोरोना भाइरसविरुद्धको खोप परीक्षण सुरु – GoodNews24

Gobal IME Bank

एजेन्सी । संयुक्त राज्य अमेरिका अनुसन्धानकर्ताहरूले सोमबार  कोरोना भाइरस खोपको पहिलो परीक्षण गरेको छ । संसारभर फैलिएको कोरोना अर्थात कोभिड-१९ ले महामारीको रूप लिएकाले पनि सुरक्षाको लागि विश्वव्यापी रुपमा यसको उपचार खोजीमा अग्रसर गराएको थियो ।

चिनबाट सुरु भएको कोरोना भाइरस व्यापक रुपमा फ़ैलिएपछि विश्वभरबाट अनुसन्धानकर्ताहरुले यसको उपचारको खोजी गरेका थिए र अन्तत कोरोना भाइरस बिरुद्धको खोपको आविस्कार भएको छ र अमेरिकामा कोरोनाभाइरसविरुद्ध विकसित खोपको परीक्षण मानिसमा भर्खरै सुरु भएको छ। अमेरिकाको सिएटलस्थित कैसर परमेन्ट वाशिंगटन रिसर्च इन्स्टिच्युटका वैज्ञानिकहरूले चिन्तित ढंगले प्रतिक्षा गरिएको कोरोना भाइरसको पहिलो चरणको सीओभीड खोपको परिक्षण गरेका हुन् । वाशिङ्टन राज्यको सीयाटलमा चार बिरामीलाई उक्त खोप सुईमार्फत् दिइएको समाचारसंस्था एपीले जनाएको छ।

उक्त खोपबाट कोरोना भाइरसको सङ्क्रमण अर्थात् कोभिड-१९ हुँदैन। उक्त भाइरसलाई रोग लगाउने सक्षम बनाउने जिनेटिक कोड अर्थात् आनुवंशिक संरचनाको सङ्केतको प्रतिलिपि प्रयोग गरेर खोप बनाइएको हो तर त्यो प्रतिलिपिले मानव शरीरमा हानि गर्दैन।

विज्ञहरूका अनुसार त्यो खोप प्रभावकारिता थाहा पाउन केही महिना लाग्छ।अमेरिकामा सरकारले राज्य सरकारहरूलाई कोरोनाभाइरस परीक्षण किट विकास गर्न प्रेरित गर्दैछ। त्यसका लागि औषधि विकास नियमन गर्न बनाइएका कानुनी प्रावधान खुकुलो पारिँदैछ। खोप परीक्षणका लागि ४५ जना स्वास्थ्य स्वयंसेवी तयार भएका थिए । उक्त खोप मान्‍ने हुने गरी प्रयोगमा ल्याउन एक वर्ष लाग्‍ने बताइएको छ । एपी

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button