मनोरञ्जनमुख्य समाचारसमाचार

नयाँ वर्षलाई कुटुम्बको कन्सर्ट

Gobal IME Bank

काठमाडौं । लोकप्रिय सांगीतिक समूह कुटुम्ब ब्यान्डले नयाँ वर्ष २०८० को अवसरमा वैशाख १ गते काठमाडौंको टुँडिखेलमा प्रस्तुति दिने भएको छ ।

नेपाली नयाँ वर्षलाई स्वागत गर्दै ५० हजार भन्दा बढीको उपस्थितीमा कुटुम्बको संगीत महोत्सव र अन्य उत्सव पनि हुने ब्यान्डले जनाएको छ।

योगा, ध्यान र उत्सव गरी ओशो तपोवनको सहकार्यमा ओम नेपाल मिडियाले ओशो महोत्सव काठमाडौंको टुँडिखेलमा आयोजना गर्न लागेको हो। सोही कार्यक्रममा कुटुम्बले आफ्नो नयाँ सांगीतिक कोसेली पनि सार्वजनिक गर्ने भएको छ।

बिहान ९ बजेदेखि राति ९ बजेसम्म चल्ने कार्यक्रममा एकदिने ओशो महोत्सव ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायतको संगालो समारोह हुने जनाइएको छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button