मुख्य समाचारसमाचार

संघीय संसदका महासचिवलाई सर्वोच्चको प्रश्नैप्रश्न, कुन संवैधानिक आधारमा महाअभियोग निष्प्रभावी ?

Gobal IME Bank

काठमाडौं । संघीय संसदका महासचिवलाई सर्वोच्च अदालतले प्रश्न गरेको छ । संघीय संसदका महासचिव भरतराज गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘क्लिनचिट’ सहितको पत्र पठाएपछि सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठक बसेको थियो । बैठकपश्चात

सर्वोच्चका न्यायाधीशहरुले यथस्थितिमा जबरालाई अदालतमा प्रवेश नदिने संकेत गर्दै संघीय संसदका महासचिवलाई पत्र लेखेको हो ।

संघीय संसदका महासचिवलाई सर्वोच्चले गरेको प्रश्नहरुः

  • २०७८ फागुन १ मा दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा महाअभियोग सिफारिस समितिबाट प्रतिनिधिसभामा पेश भएको भनिएको प्रतिवेदन उपरको कारबाहीको निरन्तरता अहिले कायम छ वा छैन ?
  • नयाँ प्रतिनिधिसभामा सो प्रस्ताव पेश हुन्छ वा हुन्न ?
  • महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभाको कार्यकाल सम्माप्त भएको मितिले निष्प्रभावी भएको हो रु वा निर्वाचनको मितिले ?
  • नवनिर्वाचित प्रतिनिधिसभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाअभियोग निष्प्रभावी भएको भनि उल्लेख गर्नु भएको हो ?

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button