समाचार

चलचित्र ‘जारी’ले दार्जिलिङमा प्रदर्शनको एकाउन्न दिन पुरा

Film 'Jaari'

Gobal IME Bank

काठमाडौं । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ ले भारतको दार्जिलिङमा प्रदर्शनको एकाउन्न दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमानको कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविर कथाकार उपेन्द्र सुब्बा निर्देशन गरेका हुन् ।

नेपाली चलचित्र ‘जारी’ले भारतको दार्जिलिङमा सोमबार प्रदर्शनको ५१ दिन सेलिव्रेट गरेको छ । स्थानीय आइनक्स मल्टिप्लेक्स हलमा फिल्मले प्रदर्शनको खुशि साटेको हो । वितरक, प्रदर्शक र दर्शकले उक्त हलमा आयोजित समारोहमा केक काटेर खुशि साटासाट गरे ।

 नेपाली फिल्मले भारतमा पहिलोपटक ५१ दिन सेलिव्रेट गरेको हो । दार्जिलिङको उक्त हलमा फिल्मका वितरक अभिषेक अग्रवाल, आइनक्स दार्जिलिङका प्रबन्धक अनुपहांग सुब्बा र दार्जिलिङ प्रेस गिल्डका सचिव विनय शंकरले केक काटेर खुशि साटे ।

अहिलेसम्म पनि दार्जिलिङका दर्शकले फिल्मलाई रुचाएको पाइयो’ हलका म्यानेजर अनुपहांग सुब्बाले बताए, ‘दार्जिलिङको इतिहासमा पहिलोपटक कुनै नेपाली फिल्मले यसरी ५१ दिन मनाएको हो ।’ उनले मौलिक र स्तरीय फिल्म बनाउन सके दर्शकले रुचाउने समेत बताए ।

भारतको प्रतिष्ठित मानिएको आइनक्सको दार्जिलिङ चेनमा रामबाबु गुरुङले निर्माण र उपेन्द्र सुब्बाले निर्देशन गरेको यो फिल्मले उत्कृष्ट कमाइ गरेको समेत जनाइएको छ । यता नेपालमा भने क्यूएफएक्स हलमा अहिले पनि यो फिल्म एक शोसहित प्रदर्शन भैरहेको छ । चलचित्र विकास बोर्डको तथ्यांकअनुसार दयाहाङ राई, मिरुना मगर अभिनीत यो चलचित्रले १७ करोड ग्रस हाराहारीमा कमाइ गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button