मुख्य समाचारशिक्षा स्वास्थसमाचार

डेंगी संक्रमणबारे ध्यान दिनुपर्ने डा. रवीन्द्र पाण्डेको २० टिप्सहरु – Good News 24

Gobal IME Bank

काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले डेंगी रोगको संक्रमणबारे पछिल्लो समय सल्लाह र सुझावहरु दिँदै आउनुभएको छ । त्यसैक्रममा डा. पाण्डे २० वटा टिप्स सामाजिक सञ्जालमार्फत दिनुभएको छ ।

डा. रविन्द्र पाण्डेले दिनुभएका टिप्सहरु…

१. ज्वरो तथा दुखाइका लागि फ्लेक्सन, ब्रुसेट, निम्सलगायत पेनकिलर नखानुहोला । यी औषधिले अल्सर गराउने तथा रक्तस्राव गराएर खतरा हुन सक्छ । ज्वरो र दुखाइका लागि पारासिटामोल मात्र सेवन गर्नुहोला ।

२. बान्ता भएमा बान्ता रोक्ने औषधि खानुपर्दछ ।

३. अधिकांश संक्रमितलाई बान्ता हुने र वाकवाकी हुने हुन्छ । धेरै संक्रमितले बान्ता हुने डरले खाना तथा पानी नखाने गर्दछन् । यो निकै घातक हुन्छ । जति धेरै झोलिलो तथा पोषिलो खायो त्यति नै छिटो निको हुन्छ । मुखबाट खान नसकेमा अस्पताल गएर सलाइन दिनुपर्ने हुन्छ ।

४. द्वितीय संक्रमण नभएको अवस्थामा एन्टिबायोटिक सेवन गर्नुपर्दैन ।

५. मेवाको पात जथाभावी नखानुहोला । यसले डेंगी निको गर्दैन । प्लेटलेट्स कमी भएमा चिकित्सकको सल्लाहअनुसार बढीमा ३० मिलि प्रशोधित मेवाको पातको रस खान सकिन्छ । प्लेटलेट्स बढाउन यसका ट्याब्लेट पनि पाइन्छ ।

६. दाल, जाउलो, गेडागुडीको रस, दूध, नरम खाना, फलफूल ९मेवा, किवी, अनार, जुनार, स्याउ, नरिवलको पानी, मालभोग केरा, काँक्रो०, हरियो सागसब्जी, पालुंगो र मेथीको साग पर्याप्त खानुपर्दछ ।

७. शरीरमा पानीको कमी नहोस् भनेर सचेत हुनुपर्दछ । सादा पानी, जीवनजल, कागती पानी पटकपटक पिउनु पर्दछ ।

८. एक दिन बिराएर प्लेटलेट्स चेक गर्नुपर्दछ ।

९. नाक, मुख, गिजा, छाला, मलद्वार, मुत्रद्वार आदिबाट रगत आएमा, बान्तामा रगत देखिएमा, झोलिलो खाना खान नसकेमा, ज्वरो नियन्त्रण नभएमा तुरुन्त नजिकको अस्पतालमा जानु पर्दछ ।

१०. बान्ता, पखाला, एलर्जी आदिका लागि चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्दछ ।

११. खाना र पानी प्रशस्त पेलेमा डेंगीलाई सजिलै जित्न सकिन्छ । यसको मृत्युदर निकै कम भएकाले आत्तिनु पर्दैन ।

१२. डेंगीमा धेरै मुख बार्नु पर्दैन । पच्ने खाना खान सकिन्छ । पिरो, मसलादार खाना, घ्यू, बोसो, अल्कोहल नखानुहोला । धेरै गुलियो नखानुहोला ।

१३.डेंगीको ज्वरोमा मनतातो पानी पट्टी लगाउने, ज्वरो १०० डिग्री आएमा पारासिटामोल खाने, झोलिलो खाना खाने गरेर ज्वरोलाई नियन्त्रणमा राख्नुपर्दछ । १०१ भन्दामाथि तापक्रम पुर्याउनु हुँदैन ।

१४. ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्ने, बिमिरा आउने केही दिन रहन्छ । नआत्तिनुहोला औषधि र खानपिनले निको हुन्छ ।

१५. आराम गर्नुहोला । शारीरिक तथा मानसिक धपेडी नगर्नुहोला ।

१६. दाँत ब्रस नगर्नुहोला । मंजन औंलामा राखेर दांत सफा गर्नुहोला ताकी घाउ नहोस् ।

१७. डेंगी सँगै बसेर सर्दैन । तपाईंलाई टोकेको लामखुट्टेले परिवारजनलाई टोकेमा डेंगी सर्दछ । तसर्थ राति तथा दिउँसो पनि झुलभित्र सुत्नुहोला ।

१८. चिकित्सकको सिफारिसबिना पारासिटामोल बाहेक कुनै पनि औषधि नखानुहोला ।

१९. लाम्बाहुले कपडा तथा मोजा लगाउनुहोला । ओडोमसलगायत लामखुट्टे भगाउने क्रिम लगाउनुहोला ।

२०.खोज र नष्ट गर अभियानका लागि लामखुट्टे हुर्किने र प्रजनन हुने ठाउँ अर्थात् पानी हटाउने, औषधि छर्किने गर्नुहोला ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button