Grace Computer Jawalakhel
मुख्य समाचारसमाचार

कोकाहाको पानी धरानमा पुर्याउँदा खुसीले रोए मेयर हर्क साम्पाङ

photo credit: Rajesh Shakya

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको लामो समयको अथक प्रयास र मेहनतपछि धरानमा कोकाहा नदिको पानी पुगेको छ ।

गत सोमबार राति पानी धरान पुगेको थियो । सोही क्रममा मेयर साम्पाङले स्थानीयलाई सो पानीले नुहाउने कार्यक्रममा सहभागी हुन अनुरोध समेत गरेका छन्।

उनले सामाजिक संजालमार्फत सबैलाई नुहाउन आउन पनि अनुरोध गरेका छन् । उनले फेसबुकमा- ”अब सबै जना नुहाउन आउनु होला ! जय धरान ! जय श्रमदान ! जय कोकाहा !” भनेका छन् ।

लामो प्रयासपछि कोकाहा नदिको पानी धरान आइपुगेको हो । पानी धरान पुग्दा मेयर साम्पाङ भने भावुक देखिएका थिए । उनी खुसीले आँशु झार्दै पाइपको पानी छुन पुगेको भिडियो सामाजिक संजालमा देख्न सकिन्छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button