
मधुमेह जस्ता स्वास्थ्य समस्या व्यक्तिको जीवनशैलीसंग सम्वन्ध राख्छ र यसको कारणले हाम्रो दैनिक जिवानशैलीमा असर पनि पर्छ । खानपान तथा शारीरिक क्रियाकलापमा सामान्य ध्यान दिँदा याे रोगको जोखिमबाट बच सकिन्छ र रोग लागेको भए त्यसलाई नियन्त्रण र सन्तुलित पनि गर्न सकिन्छ ।
मधुमेह ‘चिनीरोग’ भएकाहरुले ध्यान दिनु पर्ने कुराहरु
. चिनी र चिनीबाट बनेका परिकार नखाने ।
. धूम्रपान, सूर्तिजन्य पदार्थ मद्यपान जस्तैः रक्सी, चूरोट, खैनी, बिडी आदि सेवन नगर्ने ।
. नून र चिल्लो कम खाने ।
. खाना सँगै सलाद, हरियो सागसब्जी प्रशस्त मात्रामा खाने ।
. गहुँ, मकै, कोदो, फापरबाट बनेका परिकार खाने ।
. शारिरीक व्यायामः दैनिक १ घण्टा हिंड्ने, खेतबारीमा हल्का काम गर्ने, सामान्य खेलकूदमा सहभागी हुने ।
. योगासन, ध्यान, प्राणायाम गर्ने ।
. लामो समय सम्म भोकै नबस्ने । -Rabina Mangranti