Saturday , 18 September 2021

सुत्केरीलाई रु एक हजार प्रोत्साहन भत्ता -GoodNews24

दार्चुला । अपी हिमाल गाउँपालिकाले आमाको पोषण सुधारका लागि भन्दै सुत्केरी हुने महिलालाई रु एक हजार प्रोत्साहन भत्ता दिने भएको छ । यही फागुन १ गतेदेखि असार मसान्तसम्म सुत्केरी तथा गर्भवती हुने हरेक आमालाई पोषणमा सुधार ल्याउने उद्देश्यले प्रोत्साहन रकम दिने भएको हो ।

अपी हिमाल गाउँपालिकाको गाउँसभाले आमा सुरक्षाका लागि प्रोत्साहन रकम दिने निर्णय पारित गरेको गाउँपालिका प्रवक्ता रवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो । अहिलेलाई सुत्केरी आमा प्रोत्साहन कार्यक्रमका लागि रु एक लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष उर्मिला बोहराले जानकारी दिनुभयो । सुत्केरी तथा गर्भवती महिलालाई पोषण स्वास्थ्यमा सुधार ल्याउन अहिले थोरै बजेटको शुरुआती गरिएको भएपनि आगामी वर्षदेखि कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ छ ।

अपी हिमाल गाउँपालिका स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाभरि फागुनदेखि असारसम्म झण्डै ६० जना गर्भवती तथा सुत्केरी महिला रहेको स्वास्थ्य शाखा संयोजक राजेन्द्रसिंह धामीले बताउनुभयो । गाउँसभाले पदाधिकारीको पोसाक भत्ताका लागि छुट्याइएको बजेटलाई रकमान्तर गरी सो बजेटमार्फत अपाङ्ग, ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्ने तथा गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″] [irp posts=”4127″]
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle