शिक्षा स्वास्थसमाचार

कागती स्वास्थ्यका लागि उपयोगी

Lemon Benefits

Gobal IME Bank

काठमाडौँ। कागती अमिलो वर्गमा पर्ने बहुपयोगी फल हो। भिटामिन सी को मुख्य स्रोत मानिने यस फललाई आन्तरिक एवं बाह्य स्वास्थ्य रक्षाको लागि महत्त्वपूर्ण मानिन्छ। कागतीमा ‘सिट्रोन’ नामक पदार्थका साथै क्यारोटिन र साइटिन अम्ल पाइन्छ, जसमा विभिन्न रोगलाई निर्मूल पार्ने गुण हुन्छ। ज्यामिर, निबुवा, भोगटे आदि फल पनि कागतीकै वर्गमा पर्छन्।

कागतीलाई रुचिकारक, कब्जियत नाशक, शीतलता प्रदान गर्ने एवं सौन्दर्यका लागि उपयोगी फलको रूपमा लिन सकिन्छ। साथै विभिन्न उपचारमा समेत यसको प्रयोग गर्न सकिन्छ। यसको प्रयोगबाट झाडापखाला, चर्मरोग, अमलपित्त, पेटको रोग, बाथ, दाद, ज्वरो र रूघा आदि रोगबाट मुक्ति पाउन सकिन्छ। कागतीको सेवन सहि तरिकाले गर्दा फाइदा लिन सकिन्छ।

-सुन्दरताको लागि

कागतीको रसलाई दहीमा मिसाएर फेस प्याक बनाएर लगाउदा घाँमबाट डढेको छालालाई पुन सुन्दर बनाउन मद्दत गर्छ ।

-पेटको रोग

पेट पोल्ने रोगका लागि मरिच र नुनको साथमा कागतीको रस मिसाएर सेवन गर्नाले फाइदा पुग्छ। पेटमा ग्यास भरिएको अनुभव भएमा एक ग्लास पानीमा विरेनुन वा सिँधेनुन र जिराको धुलो राखेर पिउनाले आराम हुन्छ। कागतीको बियाँलाई पिसेर पानीसँग मिसाएर खाँदा पेटमा पर्ने जुका र चुर्ना नाश हुन्छन्।

-हृदयरोग

कागती पानीको नियमित सेवनले रक्तसंचारमा सहयोग पुरेयाउनुको साथै रगतलाई सफा र शुद्ध पार्छ र हृदयलाई स्वस्थ राख्नका लागि मद्दत गर्छ ।

-बान्ता रोक्न

कागतीको रसमा जीराको धुलो मिसाएर पिउनाले फाइदा मिल्छ । साथै सवारी साधनमा लामो यात्रमा हिँड्दा बान्ता हुनेहरूले कागतीको सिंगै दाना साथमा राख्नुपर्छ। बान्ता होला जस्तो भएमा सुँघ्नाले पनि फाइदा पुग्छ।

-कब्जियत

खाली पेटमा विहानै पानीमा कागतीको रस मिसाएर नियमित पिउनाले पुरानो कब्जियत समेत हट्छ। साथै यसले मोटोपनलाई घटाउन समेत मद्दत गर्छ।

यसैगरी अन्य धेरै रोगमा यसको प्रयोग गर्न सकिन्छ। गर्मीयाममा अरूचि भएमा खानामा कागतीको रस राखेर खाँदा रूचि बढ्छ। कागतीको रसमा सख्खर मिसाएर सेवन गर्नाले बाडुली रोकिन्छ। कागतीको रसमा चिनी राखेर पिउनाले पित्त रोगलाई फाइदा मिल्छ।

अदुवाको धुलोमा कागतीको रस मिसाएर लेप लगाउनाले दाद र छाला चिलाउने रोगलाई फाइदा मिल्छ। कागतीले शरीरमा भएका दूषित पदार्थलाई बाहिर निकाली आन्तरिक शक्तिमा वृद्धि गराउँछ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button