समाचार

पशुपति अध्ययन केन्द्र स्थापना गरिँदै

Pashupatinath Education Centre!

Gobal IME Bank

 पूर्वीय दर्शनका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेका लागि पशुपति क्षेत्रमा पशुपति अध्ययन केन्द्र स्थापना गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले प्रस्तावित गुरुयोजनामा समेत पशुपति अध्ययन केन्द्र स्थापना गर्ने अवधारणा अघि सारेको छ । गुरुयोजना पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट पारित भई मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको जनाइएको छ ।

 

नेपाल वेद विद्याश्रमसँगै निर्माण गरिने अध्ययन केन्द्रको ढाँचा पनि तयार गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । नेपाल वेद विद्याश्रमको स्तरोन्नतिसमेत गर्ने गरी अनुमानित रु ८६ करोडको लागतमा अध्ययन केन्द्र निर्माणको ढाँचा तयार पारिएको हो ।

केन्द्र निर्माणका लागि दाताको सहयोग लिने गरी छलफल चलिरहेको उहाँले बताउनुभयो । पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तक सङ्कलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयका पुस्तक पनि यहीँ व्यवस्थित गरिने भएको छ । नेपाल वेद विद्याश्रमले विसं २०३१ मा स्थापना गरेको पुस्तकालयमा पशुपति क्षेत्र विकास कोष स्थापना भएपछि कोषको पुस्तकालयसमेत एकीकृत गरी एउटै पुस्तकालय सञ्चालन गरिएको छ ।

विसं २०५६ साउनपछि वेद विद्याश्रमसमेत कोषले सञ्चालन गर्न थालेको हो । कोषले वेद विदाश्रम सञ्चालन गर्न थालेपछि दुवै पुस्तकालयलाई एउटै बनाइएको हो । पुस्तकालयमा पाँच हजार पुस्तक छन् । पूर्वीय दर्शनका अन्य पुस्तकसमेत सङ्कलन गरी पशुपति क्षेत्रमा आकर्षक पुस्तकालय सञ्चालन गर्न लागिएको पनि कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा आउने भक्तजनले पनि केही समय बसेर अध्ययन गर्न चाहेमा पढ्न पाउने व्यवस्था मिलाइने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो ।

अध्ययन केन्द्र पशुपति क्षेत्र, पूर्वीय दर्शन र नेपालका समग्र विषयमा अध्ययन गर्न सकिने गरी विकास गरिने लक्ष्य रहेको जानकारी पनि उहाँले गराउनुभयो । कोष मातहत पुस्तकालय भए पनि विगतमा कमै खुल्ने गरेको थियो । कोषले हालै पुस्तकालय हेर्ने कर्मचारीसमेत तोकेको छ । वेद विद्याश्रममा अध्ययन गर्दै हाल अध्यापनसमेत गराउन थालेका मनोज घिमिरे विद्यार्थी र अध्यापटक गरी २० वर्षे अवधिमा कहिलेकाहीँ मात्र पुस्तकालय खुलेको सुनाउनुहुन्छ ।

राष्ट्रदेवका रूपमा पूजिने पशुपतिनाथको मन्दिर रहेको क्षेत्रमा स्वदेश र विदेशबाट समेत वार्षिक लाखौँ पर्यटक आउने गरेका छन् । ती पर्यटकका लागि पशुपतिनाथ, पूर्वीय दर्शनलगायत विषयमा जानकारी लिने पुस्तकालयको अभाव छ । यही अभाव पूर्ति गर्न कोषले पशुपति अध्ययन केन्द्रको अवधारणा अघि सारेको हो । पुस्तकालयमा विभिन्न वेद, शिवपुराण, नेपाली निघण्टुलगायत पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तक छन् ।

विसं २०५५ मा पशुपतिनाथको दर्शनसहित नेपाल भ्रमणमा आएका काञ्चीकामाकोटी पीठका शङ्कराचार्य जयन्द्र सरस्वतीले पाँच विद्यार्थीका लागि आवासीय विद्यार्थी थप गर्नुभएको थियो । विसं २०५६ मा तीर्थराज आचार्यले पशुपति क्षेत्रमा लगाउनुभएको सोमयाग यज्ञबाट जम्मा भएको स्रोतबाट एक जना विद्यार्थीका लागि विद्याश्रमको आवासीय सुविधा थप गरिएको थियो । विसं २०६० मा बलबहादुर केसी संस्कृतिमन्त्री हुँदा विद्याश्रममा एक जिल्लाको एकजना विद्यार्थीलाई आवासीय रूपमा छात्रावासमा राखी पढ्ने व्यवस्था गरिएको प्रधानाध्यापक पोखरेल बताउनुहुन्छ ।

विसं २०७६ देखि भने आवासीय विद्यार्थीको सङ्ख्या बढाएर १०९ पुर्याइएको छ । आवासीय विद्यार्थीको सङ्ख्या १०९ पुर्याइएको छ । कोषले विद्याश्रमलाई महाविद्यालयका रूपमा अघि बढाउने सोच अघि सारेको छ । यसका लागि विद्याश्रमका भवन जीर्णोद्धारसँगै विस्तारसमेत हुन थालेका छन् । योग कक्षा, यज्ञशाला र कक्षाकोठा धमाधम निर्माण भइरहेको छ । पशुपति क्षेत्रस्थित वनकालीको ३१ रोपनी क्षेत्रफलमा फैलिएको विद्याश्रम नेपालमा वेदको औपचारिक पठनपाठन हुने महत्वपूर्ण शैक्षिक संस्था हो ।

विसं २०५६ देखि कार्यरत शिक्षक, कर्मचारीमध्ये विद्याश्रमका एकजना अध्यापकमात्र स्थायी र अरु करारमा नियुक्ति हुँदा शैक्षिक क्रियाकलापमा असर पुगेको छ । करारमा काम गर्दा अवसर पाउने वित्तिकै अध्यापक अन्यत्र जाने गर्नाले पठनपाठनमा समस्या आउने गरेको हो । यस विषयमा कोष व्यवस्थापनले ध्यान दिनुपर्ने छ । कोषले पशुपति हिन्दू विश्वविद्यालयका अवधारण पनि अघि सारेको छ । जहाँ पूर्वी दर्शनका सबै विषय अध्ययन, अध्यापनको व्यवस्था गरिने सोच अघि ल्याइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button