मुख्य समाचारसमाचार

राष्ट्रपतिद्वारा संविधान दिवसको अवसरमा ६८१ जनाको कैद सजाय माफ – Good News 24

Gobal IME Bank

काठमाडौँ । संविधान दिवसको अवसरमा ६८१ जनाको कैद सजाय माफी हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६८१ जनाको कैद सजाय माफी दिनुहुनेछ ।

हरेक वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपतिले सजाय माफ गर्ने चलन रहेको छ त्यसैअनुरुप नै भोली पनि संविधान दिवसको अवसरमा राष्ट्रपति भण्डारीले कैद सजाय माफी दिनुहुनेछ ।

राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषदको सिफारिसमा ६८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गरिएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्‍त सिफारिस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो । यस्तै, थप २१ जनाको कैद सजाय पनि माफी गरेको उहाँले बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button