अन्यसमाचार

फूलखेतीबाट वार्षिक रु २० लाख आम्दानी -GoodNews24

Gobal IME Bank

पाल्पा ।  यहाँका फरक क्षमता भएका युवा व्यावसायिकरूपमा फूलखेती गरी आफ्नो जीवन पनि फूल जस्तो सुन्दर बनाउन यस व्यवसायमा आकर्षित हुँदै आएका छन् । फूलखेतीबाट प्रशस्त आम्दानी हुने भएपछि फरक क्षमता भएका व्यक्ति फूल खेतीप्रति आकर्षित बनेका हुन् ।

समाजमा फरक क्षमता भएका व्यक्तिले अपमानित जीवन बिताइरहँदा तानसेन नगरपालिका–९ अर्खलेमा माडी माण्डव्य कृषि समूहमा सङ्गठित हुँदै फूलखेतीमा आफ्नो भविष्य खोजी गर्न थालेका हुन् । समाजमा परक क्षमता भएका व्यक्ति आत्मनिर्भर हुन सक्छन् भन्ने यो नमूना हो ।

गत मङ्सिर महिना समूह गठन गरी नगरपालिकामा दर्ता गराई व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएको समूहका अध्यक्ष दिनेश बस्यालले बताउनुभयो । तीन महिनाको अवधिमा फूलका बेर्ना र सयपत्रीका माला कारोबारबाट रु दुई लाख आम्दानी हुँदै आएको बस्यालको जिकिर छ । एउटा फूलको मालाको रु १२० मा कारोबार हुँदै आएको छ । स्थानीयस्तरमा सञ्चालित मेला महोत्सव, विद्यालयका वार्षिकोत्सव, विवाह, पूजालगायतका शुभकार्यमा फूलका मालाको माग बढ्दो छ ।

समूहका उपाध्यक्ष मीनबहादुर नेपालीको नर्सरीमा १२÷१५ जातका फूलको बेर्ना तयार हुँदै आएको छ । नर्सरीमा सयपत्री, कन्डला, गोपीफूल, धुपी, फेलिक्स, लालुपाते, गोदावरी, हजारीलगायतका फूल उत्पादनले यस क्षेत्र निकै आकर्षित बनेको छ । समूहका सदस्यले आआफ्ना घरमा व्यावसायिकरूपमा फूलखेती गरी प्रशस्त आम्दानी हात पार्न सफल बनेको नेपालीले बताउनुभयो ।

रुपन्देहीको लुम्बिनी नर्सरीबाट फूलखेतीका लागि बीउ तथा बेर्ना खरिद गरी ल्याउने र आफूहरुले नर्सरीमा हुर्काउने गर्छन् । यहाँका बीउबाट उत्पादित फूलको बेर्ना निकै राम्रो र पहाडी क्षेत्रमा हुर्काउन सजिलो हुँदा फूलको माग बढ्दो छ ।

बीस रोपनी जमीनमा व्यावसायिकरूपमा फूलखेतीप्रति युवा हौसिएका हुन् । बाह्रपन्ध जातिका फूलका बेर्ना हुर्काउन व्यस्त छन् । रङ्गीचङ्गी फूल फूलिरहँदा मनमा खुशी हुन्छ । फूलको सुन्दरताप्रति जोहो कोही पनि लालायित हुन्छन् । फूलखेतीको नेतृत्व वैदेशिक रोजगारबाट फर्केका बस्यालले गर्नुभएको छ । दुबईमा तीन वर्ष म्याप कम्पनीका कार्यरत बस्यालको बायाँ हात चल्दैन ।

समूहका अध्यक्ष बस्यालका अनुसार रु तीन लाख लगानीमा व्यावसायिकरूपमा फूलखेती थालिएको हो । यहाँ उत्पादित फूल तानसेन, बुटवल, स्याङ्जालगायतका क्षेत्रमा खपत हुँदै आएको छ । समूहका उपाध्यक्ष नेपालीलाई मुटु र मेरुदण्डको समस्या छ । समूहका १८ जनाको एउटा कृषि समूह छ । समूहमा सबै व्यक्ति फरक क्षमता भएका हुनुहुन्छ ।

तानसेन नगरपालिकाको प्रभासस्थित रक्साहामा र रामपुर नगरपालिका क्षेत्रभित्र व्यावसायिकरूपमा फूलखेती हुँदै आएको छ । पाल्पाको रक्साहामा सञ्चालित व्यावसायिक फूलखेतीबाट वार्षिक रु २० लाख आम्दानी हुने गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी राजेशकुमार गुप्ताले पाल्पा व्यावसायिक फूलखेतीको सम्भावना देखेर रक्साहामा फूलको नर्सरी सञ्चालन गर्नुभएको छ । पाल्पाको भैरवस्थानस्थित प्रसिद्ध भैरव मन्दिर, तिनाउँस्थित सिद्धबाबा मन्दिर, तानसेन, र रामपुर क्षेत्रमा फूलको माग बढ्दो छ । स्थानीय तहबाट व्यावसायिक फूलखेतीप्रति लक्षित गरी नीति, कार्यक्रम र बजेटको व्यवस्थापन हुन सकेको छैन ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button