शिक्षा स्वास्थसमाचार

खाना पचाउन अपनाउनुहोस् घरेलु उपाय

Digestive System

Gobal IME Bank

खानेकुरा खाँदा नपचेर हैरान हुनुभएको छ भने घरेलु उपाय अपनाउन सक्नुहुन्छ

– अदुवाको रसमामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर पिउदा पेटलाई राहत मिल्छ ।

– पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्दा पाचनशक्ति बलियो हुन्छ।

– मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्दा अपचको समस्या कम हुँदै जान्छ।

– खाना राम्रोसँग पच्दैन भने खाना खाँदा धेरै चपाएर खाँदा पाचन राम्रो हुन्छ।

– पाचन बलियो नहुनुको मतलब कलेजो अस्वस्थ हुनु हो । त्यसैले मदिराजन्य पदार्थ सेवन नगर्नुहोस्। पाचन प्रणालीका लागि यो विषतुल्य हुन्छ। गाँजर, चुकन्दर, सागसब्जी र फलफूलजस्ता कलेजोलाई स्वस्थ बनाउने खाना हरेक दिने खाने बानी बसाल्नुपर्छ।

– पाचनशक्ति कमजोर हुनेहरूको शरीरमा पानीको मात्रा कम हुन्छ। यसले पाचनक्रियालाई समेत असर गर्ने भएकाले पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ।

– तनाव लिँदा पनि पेट ढुस्स फुल्ने, खाएको नपच्ने आदि समस्या हुन्छ। तनावले मन र दिमागलाई मात्र होइन, पाचनलगायत शरीरका समग्र प्रणालीलाई नै असर गरिरहेको हुन्छ। त्यसैले तनाव कम गर्न योग, प्राणायाम, ध्यान आदि गर्ने बानी बसाल्नुपर्छ।

– आयुर्वेद चिकित्सकको सल्लाहमा घ्यूकुमारीको जुस खाने गर्दा पनि पाचनप्रणाली राम्रो हुन्छ।

( अमला खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button