अन्यसमाचार

इटहरीमा अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र -GoodNews24

Gobal IME Bank

इटहरी । अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाको शाखाको रूपमा यहाँ बाल अस्पताल तथा पुनः स्थापना केन्द्र सञ्चालनमा आएको छ । रु ८३ लाख लागतमा निर्माण सम्पन्न भएका ती भवनलाई आवश्यक पर्ने आठ कठ्ठा तीन धुर जग्गा स्थानीय दिनेश रसाइली तथा उद्धव राईले प्रदान गर्नुभएको थियो ।
विकसित देशमा शारिरीक अपाङ्गता भएका बालबालिकालाई उपचार गर्ने प्रविधि यहाँ नै उपलब्ध हुने केन्द्रका संस्थापक प्राध्यापक डा अशोक बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ अपाङ्गता भएका बालबालिकाको उपचार तथा पुन ःस्थापनामा सबैको ध्यान जानुपर्छ ।”
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सोमबार यहाँ आयोजित कार्यक्रममा सो केन्द्रको उद्घाटन गर्दै केन्द्रलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । सो केन्द्रका शाखा अध्यक्ष दिनेश रसाइलीको भवन निर्माणका लागि सहयोग गर्ने नागरिक तथा समाजसेवीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button