समाचार

अपाङ्गता महिला महासङ्घ गठन-GoodNews24

Gobal IME Bank

काठमाडौँ, ८ असोज: अपाङ्गता भएका महिलाको नयाँ सङ्गठन अपाङ्गता भएका महिला महासङ्घ नेपाल गठन भएको छ । एकचालिसौँ सामाजिक सेवा दिवसका अवसरमा ‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको प्राथमिकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशिलता’ भन्ने नारासहित ‘कोभिड १९ ले अपाङ्गता भएका महिलामाथि पारेको प्रभाव’ विषयक भर्चुअल छलफलसहित बुधबार संस्था सार्वजनिक भएको छ । महासङ्घमा अधिकारकर्मी निर्मला धितालको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन भएको छ ।

महासङ्घलाई शुभकामना दिँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्गले मन्त्रालयले अपाङ्गता भएका व्यक्तिका लागि केही मार्गनिर्देशिका, अधिकार सम्बन्धी नियमावली २०७७ पारित गरी कार्यान्वयनमा ल्याएको बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष मित्रलाल शर्माले नवस्थापित महासङ्घलाई स्थानीय तहसम्म विस्तार गर्न सुझाव दिनुभएको थियो ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button